default_image

6 years ago

April 12, 2019

स्क्वास : भावना अपराजित, विपनाको दोहोरो जित

161 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले आफ्नो अपराजित यात्रालाई कायमै राखेकी छन् ।

सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएको खेलमा भावनाले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन् । भावनाको तेश्रो जित हो ।

दोहोरो जित निकाल्ने क्रममा प्रदेश ३ की विपना ब्लोनले प्रदेश ३ की स्वास्थानी श्रेष्ठलाई ११–६, ११–८, ८–११ र ११–६ तथा गण्डकीकी सालिनी घिमिरेलाई ११–३, ११–३ र ११–३ को सेटमा पाखा लगाइन् ।

पुरुष सिंगल्र्समा गण्डकी प्रदेशका अमृत थापामगर र प्रदेश ३ का प्रविणवीर सिंह कंसकार फाइनलम प्रवेश गरेका छन् ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.