default_image

6 years ago

April 12, 2019

लनटेनिस : संरक्षक र प्रणव सेमिफाइनलमा

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनीहरुसंगै प्रदेश ४ का प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे ।बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले प्रदेश ४ का नवीन मगरलाई ६–१, २–६ र ६–२ तथा सन्तोषले प्रदेश ५ का भीष्म काउछालाई ६–२ र ६–१ को सेटमा पराजित गरे ।

महिला सिंगल्समा आर्मीकी आइरा रावतले प्रदेश ३ की प्रकृति श्रेष्ठलाई ६–१, ३–६ र ६–०, आर्मीकी अभिलाषा विष्टले गण्डकीकी गंगा शर्मालाई ७–६ र ६–२, एपीएफकी प्रेरणा कोइरालाले एपीएफकै एनी माथेमालाई ६–२ र ६–२ तथा प्रदेश ३ की रायना शाहले गण्डकी प्रदेशकी श्रीया भट्टराईलाई ६–१ र ६–१ को सेटमा हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

महिला डबल्समा एपीएफका सलोनी तामाङ र अस्लेषा लिसानेविचको जोडीले प्रदेश ३ का रायना शाह र अल्सा रेग्मीको जोडीलाई ६–१ र ६–३ तथा एपीएफका प्रेरणा कोइराला र एनी माथेमाको जोडीले गण्डकी प्रदेशका श्रीया भट्टराई र रोमिका बुद्धचार्यको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

सोही स्पर्धाको पुरुषमा एपीएफका छेवाङ लामा र सन्तोष खत्री, एपीएफका इभान हो लिसानेविच र जितेन्द्र परियार, प्रदेश ४ का प्रदीप खड्का र नवीन मगर तथा प्रदेश ४ कै धर्म लामिछाने र अनिल शाहीको जोडी सेमिफाइनलमा पुगे ।

मिक्स डबल्समा आर्मीका प्रणव खनाल र अभिलाषा विष्टको जोडीले प्रदेश ४ का अनिल शाही र गंगा शर्माको जोडीलाई ६–४, ३–६, र १०–२ तथा एपीएफका इभान हो लिसानेविच र अस्लेशा लिसानेविचको जोडीले आर्मीका अभिनव आचार्य र आइरा रावतको जोडीलाई ६–२ र ६–१ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान पक्का गरे ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.