6 years ago
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् ।
शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका स्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे ।
एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा आर्मीका बोधित डिसी र दीक्षा तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि जितेका छन्। नेपालले फाल्डो सिरिज ग्रान्ड फाइनलमा उपाधि जितेको यो पहिलो पटक हो। सदभाव ओभरअलतर्फ दोस्रो भए।युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन बिहीवार १-अन्डर ६९ स्कोर […]
November 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विराटनगर किङ्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि ट्यालेन्ट हन्टबाट तीन जना खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सामाजिक संजाल मार्फत सार्वजनिक गरेको हो । विराटनगरले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ […]