default_image

6 years ago

March 27, 2019

दोस्रो वरीयताका दिपेश तीनै बिधाको सेमिफाइनलमा

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताका नेपाल एपीएफ क्लबका दिपेश धामी १५ औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको तीन विधामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दिपेशले पुरुष एकल, युगल र मिश्रीत युगलमा सेमिफाइनलको यात्रा तय गरेका हुन् । पुरुष एकलमा एपिएफका गौतम सिंह कठायतलाई २१–१४, २१–८ ले पराजित गरेका धामीले पुरुष युगलमा बिजित थापामगसँग मिलेर एपिएफकै बिशाल प्रधान र विमल श्रेष्ठको जोडीलाई २१–१३ र २१–१९ ले पाखा लगाए ।

यस्तै मिश्रीत युगलतर्फ पुजा श्रेष्ठसँग मिलेर धामीले जेष्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनलाई २१–१७, २१–७ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।

पुरुष एकलतर्फआर्मीका प्रफुल महर्जन, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्यले पनि सेमिफाइनलको यात्रा तय गरे ।

पुरुष युगलतर्फ पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडी, एपिएफका सुदीप सेढाई र साजन कृष्ण ताम्राकारको जोडी र आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले अन्तिम चारको यात्रा तय गरे ।

मिश्रीत युगलतर्फ एपिएफका गौतम कठायत र सुनैना मुखिया, सेनाका सुरोज महर्जन र अमिता गिरी तथा एपिएफका बिजित थापा मगर र शोभा गौचनको जोडीले पनि सेमिफााईनलमा स्थान बनाउन सफल भए ।

हलचोकस्थित एपिएफको कभर्डहलमा भएको प्रतियोगिताको महिला एकलतर्फ सेनाका खेलाडीहरुले बर्चस्व कायम गरे । सेनाका अमिता गिरी, रशिला महर्जन र अनुमाया राईले अन्तिम ४ मा स्थान पक्का गर्दा एपीएफकी जेसिकाले पनि सेमिफाइनलमा स्थान बनाउन सफल भइन् ।

महिला युगलतर्फ आर्मीका अमिता गिरी र अञ्जना भट्टको जोडीले एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडी संग प्रतिस्पर्धा गर्नेछन् । यस्तै एपिएफका शोभा गौचन र सुनैना मुखियाको जोडीले सेनाका अनुमाया राई र रशिला महर्जनको जोडीसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

यु–१७ पुरुष एकलतर्फ प्रिन्स दाहालले एपिएफका प्रियांशु सिंह क्षेत्रीसंगको भेट पक्का गरे । एपिएफका पेम्बा शेर्पाले सेमिफाइनलमा सेनाका दिवस संकरसंगको भेट पक्का गरे ।

यु–१७ गल्र्स एकलतर्फ आर्मीका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङ्गका निता लम्साल र सिमा राजबंशीले सेमिमा स्थान बनाए ।

April 9, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

April 9, 2025

विपना र अरहान्त वरीयताको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]

Success

Thank you for your time.