default_image

6 years ago

March 27, 2019

फुटसल विश्वकपका लागि नेपाली टोली बिहीबार अर्जेन्टिना जाने

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनामा आयोजना हुने १२औं एएमएफएफ फुटसल विश्वकपका लागि नेपाली फुटसल टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

टोली दिउसो १२ बजेपछि अर्जे्न्टिना प्रस्थान गर्ने नेपाल फुटसल संघले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गरायो । अर्जे्न्टिना जाने १७ सदस्यीय टोलीलाई बुधबारै संघका पदाधिकारीहरुले बिदाई गरेको छ । फुटसल विश्वकप अर्जेेन्टिनामा आउदो मार्च ३१ बाट अगस्ट ७ सम्म सञ्चालन हुनेछ ।

१२औं संस्करणको फुटसल विश्वकपमा नेपालले एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट हुन सफल भएको संघका महासचिव बटुकृष्ण थापाले जानकारी गराए ।

विश्वकपमा नेपालसहित विश्वका १६ राष्ट्रले सहभागिता जनाउदैछन् । विश्वकपमा नेपालसहित ब्राजिल, अर्जे्न्टिना, अष्ट्रेलिया, क्यानडा, क्याटालोनिया, फ्रान्स, इटाली, पाराग्वे, रसिया, दक्षिण अफ्रिका, उरुग्वे, पाकिस्तान, क्युराजा, बोलिभिया र कोलम्वियाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको लागि संघले दुई महिना अघि नै खुल्ला छनोटमार्फत खेलाडी छनोट गरिसकेको संघले जनाएको छ ।

नेपाल फुटसल संघ २०१६ मा स्थापना भएको हो । स्थापना पश्चात संघले एसोसिएसन मुन्डियल डि फुटसल (एएमएफ) को पूर्ण सदस्यता प्राप्त गर्न सफल भएको थियो । एएमएफ विश्वका फुटसल हेर्ने संस्था हो ।

प्रतियोगिताको लागि अर्जे्न्टिना जानको लागि करिव ६० लाख खर्च हुने लाग्ने र केही रकम खेलाडी र बाँकी सहयोग मागिएको संघले जनाएको छ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । नेपालले १ अप्रिलमा क्यानडा, २ अप्रिलमा फ्रान्स र ३ अप्रिलमा क्याटलिनियासँग खेल्नेछ ।

टिमका प्रशिक्षक कमल विष्टले तयारी राम्रो रहेका कारण दोस्रो चरण पुग्ने लक्ष्य राखिएको बताए । यस्तै कप्तान समिर कार्कीले पहिलो खेलले नै दोस्रो चरण पुग्ने नपुग्ने ढोका खोल्ने बताए ।
नेपाली टोली
समिर कार्की (कप्तान)
दिपेन्द्र रसाइली
दिनेश श्रेष्ठ
विशाल थापा
सुजन बलामी
साहिल राना
राजु बुढाथोकी
अनुप राना
वरदान लामा
गौरव श्रेष्ठ
ग्रिजेशमान श्रेष्ठ
सन्जीव तामाङ
सन्तोष पराजुली (टिम लिडर)
कमल विष्ट (मुख्य प्रशिक्षक)
राजेन्द्र थापामगर (सहायक प्रशिक्षक)
गोविन्द प्रसाद पौड्याल (डेलिगेट्स)
सन्जय लिगल (फिजियो)

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.