default_image

6 years ago

March 27, 2019

भलिबल खेल्न क्रोएसिया जाने टिमलाई बिदाई

112 views

0 Bookmark

काठमाडौं नेपाली भलिबल इतिहासमै पहिलोपटक उमेर समूहको अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आइएसएप वल्र्ड स्कुल भलिबल च्याम्पियनसिप खेलन जाने नेपालको यु–१५ गल्र्स टोलीलाई बुधबार बिदाई गरिएको छ ।

क्रोएसियाको सोरेकमा हुने उमेर समूहको प्रतियोगितामा नेपालले गल्र्सतर्फ मात्र सहभागिता जनाउदै छ । शुक्रबार प्रतियोगितास्थल प्रस्थान गर्ने नेपाली यु–१५ टोलीलाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायण काजी श्रेष्ठ काजी, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल भलिबल संघका सचिव मनवीर छन्त्याल लगायतले बिदाई गरे ।

क्रोएसिया जाने टोलीमा नेपाली महिला भलिबलमा चर्चित तथा लोकप्रिय न्यु डायमन्ड एकेडेमीका खेलाडीहरु हुनेछन् । इन्टरनेशनल स्कुल अफ स्पोर्टस् फेडेरेसन (आइएसएफ) ले नेपाल स्कुल स्पोर्टस् फेडेरेसन (एनएसएफ) सँग समन्वय गर्दै नेपालको सहभागिता निश्चित भएको हो ।

सन् १९७२ देखि सुरु भएको यस प्रतियोगिताका लागि आइएसएफले नेपाल स्कुल स्पोर्टस् फेडेरेसनलाई भलिबलको लागि निम्ता पठाएको थियो । एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले टोलीले पहिलोपटक उमेर समूहमा अन्तर्राष्ट्रिय एक्स्पोजको लागि सहभागिता जनाउने पक्का भएको जानकारी गराए ।

यु–१५ मा प्रतियोगितामा नेपालसहित विभिन्न १४ देशको सहभागिता रहनेछ । जसमा बुल्गेरिया, चिली, चीन, चाइनिज ताइपेइ, क्रोएसिया, इस्टोनिया, फ्रान्स, हंगेरी, म्यासेडोनिया, नेपाल, नेदरल्यान्डको दुई टोली, स्पेन र युक्रेन रहेका छन् ।

यो प्रतियोगिता नेपाली किशोरीका लागि आफ्नो प्रतिभा देखाउने राम्रो अन्तर्राष्ट्रिय मञ्च हुने प्रशिक्षक राईले बताए । उनले न्यु डायमन्डको मिहेनत र योगदानले नेपालको भलिबल इतिहासमै अन्तर्रा्ष्ट्रिय मञ्चसम्म पुग्न पाएको बताउदै आयोजक र समन्वय गरिदिने एनएसएफलाई धन्यवाद व्यक्त गरे ।

प्रतियोगिता १६ देखि २२ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको टाइसिट आएको छैन । प्रतियोगिताको लागि करिव २५ लाख खर्च लाग्नेछ ।

क्रोएसिया जाने नेपाली टोली

सोनी थपलिया – खेलाडी
करिना सुनुवार – खेलाडी
सविना तामाङ – खेलाडी
दिया परियार – खेलाडी
जोया गुरुङ – खेलाडी
सजिना श्रेष्ठ – खेलाडी
रिया कुवँर – खेलाडी
प्रेक्षा राई – खेलाडी
सुनिता खड्का – खेलाडी
कुमार राई– प्रशिक्षक
राज कुमार कार्की – हेड अफ डेलिगेसन
सुनकेशरी माली – स्कुल शिक्षक
चन्द्रा बदना राई – रेफ्री
मोहन कुमार कार्की – स्कुल डाइरेक्टर

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.