6 years ago
March 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिल्क ग्रुपका प्रिन्स दाहाल १५औं कृष्ण मोहन स्मृती राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगितामा मंगलबार तेहोरो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
दुवई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगितका स्वर्ण पदकधारी प्रिन्स दाहाल पुरुष एकल, पुरुष युगल र ब्वाईज यु–१७ मा जित निकाल्दै तीनै विधामा क्वाटरफाईनल प्रवेश गरेका हुन् ।
पुरुष एकलमा प्रिन्सले अन्तिम आठमा स्थान बनाउन सेनाका दिवश संकरलाई २१–११ र २१–७ ले पराजित गरे । पुरुष युगलमा प्रिन्सले एपीएफका निर विक्रम देवकोटासँग मिलेर निराजन देवकोटा र पुर्ण बहादुर थापाको जोडीलाई २१–१४, १७–२१ र २१–१८ ले हरायो । यस्तै प्रिनले यु–१६ ब्वाइजमा धन्वन्तरीका सुदन तामाङलाई २१–६ र २१–५ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।
पुरुष एकलको प्रि–क्वाटरफाइनलमा दिपेशले एपिएफकै पेम्बा शेर्पालाई २२–२० र २१–११ ले हरायो । एपिएफका खेलाडीहरुको बर्चस्व रहेको प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गर्ने अन्यमा एपिएफका गौतम सिंह कठायत, सुदीप सेढाई, सुनिल जोशी र साजन कृष्ण ताम्राकार रहे ।
ब्वाईज यु–१७ तर्फ महेन्द्रनगरका प्रकाश चन्द, एपिएफका प्रियान्सु सिंह क्षेत्री, धनगढीका अमृत चौधरी, मोरङका उज्जल पोखरेल, एपिएफका पेम्बा शेर्पा, कञ्चनपुरका गोकुल जोरा र सेनाका दिवस शंकर अन्तिम आठमा प्रवेश गरे ।
गल्र्स यु–१७ मा मोरङकी निता लम्साल, झापाकी अन्जना राई र बिरगंजकी स्मृती राई पनि अन्तिम आठमा स्थान बनाउन सफल भइन् । मिक्स डबल्सतर्फ एपिएफ र भोजपुरका निर बिक्रम देवकोटा र सिता राईको जोडी क्वाटरफाइनलमा प्रवेश गरे ।
महिला युगलतर्फको खेलमा एपिएफका शोभा गौचन र सुनैना मुखियाको जोडी क्वाटरफाईनल प्रवेश गरे ।
पुरुष युगलतर्फ उच्च वरीयताका दिपेश धामी र बिजित थापामगरको जोडी, पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडी, एपिएफका बिशाल प्रधान र बिमल श्रेष्ठको जोडी, एपिएफकै सुमन लिम्बु र जोसेफ अधिकारीको जोडी, एपिएफका सुनिल जोशी र गौतम सिंह कठायतको जोडी र एपिएफका सुदिप सेढाई र साजन कृष्ण ताम्राकारको जोडी र आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडी क्वाटरफाइनलमा प्रवेश गरे ।
महिला एकलतर्फ मोरङकी सीमा राजवंशी, एपिएफकी शोभा गौचन, जेशिका गुरुङले क्वाटरफाइनलमा स्थान बनाइन् । आर्मीकी अमिता गिरी बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरिन् ।
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो। ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर […]
April 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विपना ब्लोन र अरहान्त केशर सिंह आगामी वर्ष २०८२ काे अन्त्यसम्मको लागि स्क्वासको शीर्ष वरीयतामा उक्लन सफल भएका छन् । विपना दोस्रो वरीयताबाट शीर्षस्थानमा उक्लदा अरहान्त भने शीर्षस्थानमा यथावत रहन सफल भएका हुन् । अब यो वरीयता २०८२ को चैतसम्म हुने छ । याे राउन्ड राेविन लिग एनएसआरए राष्ट्रिय […]