6 years ago
March 26, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – प्रदेश ५ मा यसैवर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बहुप्रतिक्षित भिआईपी प्याराफिट सोमबार राति नेपालगन्जमा आइपुगेको छ ।
चीनमा निर्माण गरिएको भिआईपी प्याराफिट सिंगापुर, मलेसिया र भारत हुँदै सोमबार साँझमात्रै नेपालगञ्ज रंगशालामा ल्याइएसँगै जडान कार्यलाई तीब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जानकारी गराएको छ । भिआइपी प्याराफिट केही दिन रुपैडिया नाकामा रोकिएको थियो ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टले प्याराफिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको जानकारी दिए । सदस्य सचिव केशवकुमार विष्टले एक हप्ताभित्र जडान सक्ने चाइनिज इन्जिनियरले बचन दिएको बताए ।
आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन हुने नेपालगञ्ज रंगशालामा भिआइपी प्याराफिट निर्माण ढिलाईको कारणले आठौैं राष्ट्रिय प्रतियोगिताको मिति तोक्न ढिलाई भएको बताईएको छ ।
चैतको अन्तिममा भए पनि आठाँैको उद्घाटन गर्ने राखेपको योजना छ ।
चैत २७ गते राष्ट्रपतिबाट औपचारिक रुपमा उद्घाटन हुने आठौँको टिम गेम २२ गतेदेखि गर्ने राखेपको तयारी गरेको छ ।
आठौं राष्ट्रिय खेलको उद्घाटन र समापन समेत हुने स्थलमा जडान गर्न लागिएको भिआइपि प्याराफिट जडानको काम चिनिया इन्जिनियरको टीमले तीब्र गतिमा सुरु गरिरहेको प्रादेशिक खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम ओलीले जानकारी दिए ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]