6 years ago
March 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स कलेज र जेभियर कलेज प्रथम ह्वाइट हाउस यु–१८ अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
टाइम्सले ज्ञान निकेतनलाई तथा जेभियरले आयोजक ह्वाइट हाउस कलेजलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा टाइम्सले ज्ञाने निकेतनलाई ५९–४२ ले पराजित ग¥यो । टाइम्सको जितमा सुजन लिम्बुले सर्वाधिक ३० अंकको योगदान गरे ।
टाइम्सले चौथो क्वाटरबाहेक सबै क्वाटरमा अग्रता बनाएको थियो । टाइम्सले पहिलोमा १७–१०, दोश्रोमा १५–१३, तेश्रोमा २२–६ र चौथोमा ५–१३ अंक जोड्यो ।
शुक्रबार भएको अर्काे सेमिफाइनलमा जेभियर इन्टरनेसनलले आयोजक ह्वाइट हाउसलाई ५६–४० ल हरायो । जेभियरले सबै क्वाटरमा अग्रता बनाएको थियो । जेभियरले पहिलोमा १५–१०, दोस्रोमा १७–१२, तेस्रोमा ११–९ र चौथोमा १३–९ को अग्रता जोड्यो ।
फाइनल खेल शनिबार हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।