6 years ago
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजनामा दोश्रो सुनीललाल जोशी स्मृति अन्तर संघ फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २१ टिमको सहभागिता निश्चित भएको खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । नकआउट पद्धतिमा हुने प्रतियोगिताको खेल २० मिनेटको हुनेछ ।
फाइभ ए साइड स्वरुपको प्रतियोगितामा पहिलो हुनेले ७५ हजार, दोश्रोले ५० हजार र तेश्रोले २५ हजार नगद पुरस्कार पाउने छन् । गत वर्षको तुलनामा पहिलोमा २५ हजार, दोश्रोमा २० हजार र तेश्रोमा ५ हजारले नगद पुरस्कारमा बृद्धि गरिएको हो । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र गोलरक्षकलाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ९ लाख रुपैयाँ खर्च हुने अध्यक्ष महर्जनले बताए । तीनदिने प्रतियोगिताका खेलहरु सामाखुशी फुटसलमा हुनेछ । गत वर्षको उपाधि अखिल नेपाल टेबलटेनिस संघले जितेको थियो । पत्रकार सम्मेलनमा सहभागी टिमले लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।