default_image

6 years ago

March 20, 2019

नुवाकोट दुप्चेश्वरमा खुल्ला पुरुष भलिबल शुरु, आयोजक र पञ्चकन्याको विजयी शुरुवात

101 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – होली पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वरमा दोस्रो दुप्चेश्वर खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन आयोजक दुप्चेश्वर गाउँपालिका समुन्द्रटार पञ्चकन्या विजयी सुरुवात गरेका छन् ।

उद्घाटन खेलमा आयोजक दुप्चेश्वरले लाली गुरास ‘बी’ लाई २–० को सोझो सेटमा हरायो । वेस्ट अफ थ्रीको आधारमा भएको खेलमा पहिलो सेट दुप्चेश्वरले २५–१८ र दोस्रो सेट २५–१७ ले सहजै आफ्नो बनायो । अर्काे खेलमा पञ्चकन्याले कल्याण माध्यमिक विद्यालयलाई २५–१९ र २५–२३ ले हरायो ।

दुप्चेश्वर गाउँपालिका र सोसियल सर्भिस युथ क्लबको संयुक्त आयोजना तथा कल्याण माध्यमिक विद्यालय दुप्चेश्वरको सहयोगमा भएको दोस्रो संस्करणको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ । सहभागी ९ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थन बनाउने छ ।

प्रतियोगिता ९ चैतसम्म हुने प्रतियोगिता संयोजक विक्रम थापाले जानकारी गराए ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै उपविजेताले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वनाले २५ हजार पुरस्कार पाउनेछन् । यस्तै उत्कृष्ट खेलाडीले ५ हजार पाउनेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, सेटर, डिफेन्डर र सर्भरले जनही ३–३ हजार रुपैया पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको माननीय सांसद हित बहादुर तामाङ र प्रदेश ३ को उपसभामुख राधिका तामाङले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे ।

प्रतियोगिताको पहिलो संस्करणमा स्याङ्जा जिल्ला भलिबल संघ च्याम्पियन बनेको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.