default_image

6 years ago

March 18, 2019

आठौं राष्ट्रिय खेलकुदः जिम्न्याष्टिक, कराते र सुटिङबाट खेलाडी छनोट

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् ।

समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।

पुरुषमा भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौंका पिज महर्जन रहेका छन् । महिलामा तारा सिवाकोटी, जेनिशा थापा, प्रकृति थापा मगर, सौभाग्य कोजु, सविक्षा सुवाल र रिजु रञ्जित छन् । सौभाग्य र रिजु ललितपुरका हुन् भने बाँकी पाँचै भक्तपुरका हुन् ।

सुटिङ
महिला एयर राइफलमा सुस्मिता नेपाल र जुनु घिसिङ तथा एयर पेस्तोलमा संगीता गुरुङ कार्की र रुविना श्रेष्ठ छनोट भए । पुरुष एयर राइफलमा कृष्ण घोरासैनी र दीपक थापा तथा एयर पेस्तोलमा विपेश खड्का र उत्कर्ष थापा छानिए ।

कराते
पुरुषतर्फ ५० केजीमा काभ्रेका साजन मोक्तान, ५५ केजीमा सिन्धुपाल्चोकका विजय श्रेष्ठ, ६० केजीमा रामेछापका फिन्चोक दोर्जे लामा, ६७ केजीमा मकवानपुरका आशिष थापा, ७५ केजीमा चितवनका किशोर लामा, ८४ केजीमुनि चितवनका रमेश तामाङ र ८४ केजीमाथि ललितपुरका विपिनराज सिंह छनोट भए । पुरुष एकल कातामा ललितपुरका युनोज महर्जन तथा टिममा रामेछापका विमल मगर, दिक्षित थापा र आदर्श लामा छानिए ।

महिला ४५ केजीमा काभ्रेकी मिना ब्लोन, ५० केजीमा नुवाकोटकी सविना श्रेष्ठ, ५५ केजीमा दोलखाकी रोजिता ढुंगेल, ६१ केजीमा काभ्रेकी सुनिता ब्लोन, ६८ केजीमुनि काभ्रेकी निरुपा तामाङ र ६८ केजीमाथि काठमाडौंकी कृशा शेर्पाले राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने छन् । कृषा एकल कातामा सफल भइन् । महिला टिम कातामा ललितपुरका मिरा खाती, रेश्मा सुनुवार र रुजा कालिकोटे छनोट भए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.