6 years ago
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजको आयोजनामा सोमबारदेखि प्रथम ह्वाइट हाउस इन्टर कलेज (अण्डर १८) बास्केटबल प्रतियोगिता हुने भएको छ ।
कुल ८ टिमको सहभागिता रहेको लिग कम नकआउट प्रतियोगितामा राजधानीका ८ कलेजहरुको सहभागिता रहनेछ । प्रतियोगितामा ९ कक्षा देखि प्लस टुसम्म अध्ययनरत १८ बर्ष भन्दा मुनिका खेलाडीहरुको मात्र सहभागिता रहनेछ ।
प्रतियोगिताको समुह ‘क’ मा आयोजक ह्वाइट हाउस, ज्ञान निकेतन, इन्साइट भिजन र ट्रिनिटी इन्टरनेशनल कलेज रहेका छन् । अर्को समुहमा टाइम्स इन्टरनेशनल कलेज, गोल्डेन गेट, ट्रिटन र जेभियर इन्टरनेशनल कलेज रहेका छन् । लिग चरणमा पहिलो दुई स्थान हात पार्ने टिमहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताका सबै खेलहरु ह्वाइट हाउस वल्र्ड स्कुल कोटेश्वरको बास्केटबल कोर्टमा हुनेछन् । ह्वाइट हाउसले प्रतियोगितामार्फत सुस्ताइरहेको कलेज बास्केटबललाई पुर्नजीवित गर्ने बिश्वास लिएको छ ।
ह्वाइट हाउसका सिइओ युवराज शर्माले पहिले धेरै भन्दा धेरै कलेज लेभलका बास्केटबलहरु भएपनि पछिल्लो समय सस्त भैरहेको अवस्थामा यो प्रतियोगितामार्फत त्यो समयलाई फर्काउन चाहेको बताए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।