6 years ago
March 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् ।
आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।
यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा उनले मेक्सिकोमाथि १–० को जित निकालेर फाइनलमा स्थान बनाएर पदक पक्का गरेका थिए ।
यता ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका छन्। उनले कास्य पदकका लागि भएको भिडन्तमा आइभरी कोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७–० ले हराएर पदक जितेका हुन् ।
त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा चीनका खेलाडीमाथि ४–२ को जित निकालेका थिए। यस्तै क्वार्टफाइनलमा हङकङका खेलाडीसँग २–२ को अंक बराबरी भए पनि विजयले सेन्सु विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरे। सेमिफाइनलमा भने उनी काजकिस्तानका खेलाडीसँग ४–० ले पराजित भएका थिए ।
नेपालले १७ वर्षपछि सितोरियोको विश्व च्याम्पियनसिपमा पदक जितेको हो। यसअघि नेपालले सन् २००२ मा टिम फाइटमा कास्य जितेको थियो ।
यसअघि व्यक्तिगत कातामा नेपालका परशुराम बास्तोला क्वार्टरफाइनलमा मेक्सिकोका खेलाडीसँग ४–१ ले पराजित भएका थिए । यस्तै गणेशबहादुर थिङ पनि सफल हुन सकेनन्। ६७ केजी तौलमा नेपालका अनिस लामा पहिलो खेलमै पराजित भएका थिए ।
नेपाली टिमको प्रशिक्षकमा सागका स्वर्ण विजेता कुशल श्रेष्ठ तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ हेड अफ डेलिग्रेड्सको रुपमा जापान गएका थिए। जापानमा भएको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई एनआरएनए ग्लोबल र जापान च्याप्टरले सहयोग गरेका छन्। प्रतियोगितामा ३९ देशका करिब १ हजार २ सय खेलाडीले भाग लिएका छन्।
सितोरियो विश्व च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेपछि प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडी सितोरियो करातेमा राम्रो भएको सन्देश गएको बताए। उनले भाग लिएका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए।
’भाग लिएका ५ खेलाडी मध्ये २ जनाले मेडल जित्नु उत्कृष्ट नजिता हो,’ श्रेष्ठले भने, ’यस्तै प्रतियोगितामा भाग लिइरहने हो भने हामीले आउदै गरेको साग गेम्स र ओलम्पिकमा राम्रो गर्न सक्छौ। सन् २०२० मा जापानमै हुने ओलम्पिक्समा पहिलो पटक करातेमा प्रतिस्पर्धा हुँदैछ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]