default_image

6 years ago

March 16, 2019

झिल्टुङ क्रसकन्ट्रीमा किरण र पुष्पा च्याम्पियन, दुवैले बनाए नयाँ कीर्तिमान

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल एपीएफका किरण बोगटी र पुष्पा भण्डारी तेस्रो संस्करणको झिल्टुङ क्रस कन्ट्री रेस च्याम्पियनसिपमा नयाँ कीर्तिमानसहित
च्याम्पियन बनेका छन् ।

नुवाकोटस्थित बेलकोटगढी वडा नम्वर ५ को आयोजनामा शनिबार भएको च्याम्पियनसिपमा किरणले आर्मीका होमलाल श्रेष्ठको तथा पुष्पाले सन्तोषी श्रेष्ठले राखेको कीर्तिमानलाई तोड्दै च्याम्पियन बनेका हुन् ।

करण च्याम्पियन बन्नेक्रममा एपीएफका किरण बोगटीले निर्धारित १३.४ किलोमिटर दुरी ५४ मिनेट ८ दशमलव ०३ सेकेण्डमा दुरी पुरा गरे । दोस्रो भएका आर्मीका नरेन्द्रसिहं रावतले ५५ मिनेट ५३ सेकेण्डमा दुरी पुरा गर्दा आर्मीकै राजन रोकायाले ५७ मिनेट २८ सेकेण्डमा दुरी पा गर्दै तेस्रो स्थान हात पारे ।

एपीएफकी पुष्पा भण्डारीले १ घण्टा ६ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गर्दै च्याम्पियन बनिन् । आर्मीकी सरिता वासीले १ घण्टा १३ मिनेट ३२ सेकेण्ड दुरी पार गर्दै दोस्रो तथा एपीएफकी रेखा विष्टले १ घण्टा १४ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारिन् ।

रेकर्ड ब्रेक गरेका दुवै २५ हजार सहित थप ५–५ हजार पाए । दोस्रो भएकोले समान १५ तथा तेस्रो हुनेले १० हजार नगद पाए ।

यस्तै ४.५ किलोमिटर रन फर फनमा छात्रतर्फ सन्तोषनाथ योगी पहिलो, सुनिस आलेमगर दोस्रो तथा सुमन न्यौपाने तेस्रो भए । छात्रातर्फ स्वेच्छा बलामी मगर पहिलो, रेस्तिना सिनिसु दोस्रो तथा कुशलता तामाङले तेस्रो स्थान हात पारेको रेसको संयोजक पूर्व धावक तथा प्रतियोगिता संयोजक मोहन नेपालले जानकारी गराए ।

छात्र र छात्रा विजेताले समान ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैया हात पार्नेछन् । रेस नुवाकोटस्थित कोल्पुटारबाट सुरु भएर कोल्फुटार, बेलिनि, राजोदार, माझगाउँ, लामाचौर हुँदै कोल्पुरटारमा पुगेर सकिएको थियो ।

सह–आयोजकमा लियो क्लब अफ नुवाकोट र श्री महादेव स्कुल र वरपरका विभिन्न क्लबहरुले चयाम्पियनसिपलाई साथ दिएका थिए ।

च्याम्पियनसिपको पहिलो संस्करणमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ च्याम्पियन भएका थिए । दोस्रो संस्करणमा पुरुषतर्फ भुमिराज राई र महिलामा कान्छीमाया कोजु कोजु च्याम्पियन बनेकी थिइन् ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.