default_image

6 years ago

March 15, 2019

आइजीपी कप राष्ट्रिय महिला भलिबल चैत दोस्रो साता, विजेताले २ लाख ५० हजार पाउने

142 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता आगमी चैत्र १० गतेदेखी १५ गते सम्म हुने भएको छ ।

आयोजक सशस्त्र प्रहरी बल (एपीएफ) ले राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक नेपाल एपिएफ क्लबले प्रतियोगिताबारे सम्पूर्ण जानकारी गराएको छ ।

६ टिम सहभागि रहने प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयासहित गोल्ड मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै दोस्रो विजेताले १ लाख २५ हजार सहित सिल्भर मेडल र तेस्रो स्थानमा चित्त बुझाउने टोलीले ५० हजार सहित ब्रन्ज मेडल पाउने छन् । उत्कृष्ट स्पाकईकर, सर्भर, डिफेन्स, बल्कर, सेटर र प्रशिक्षकले समान ५ हजार र ट्रफी प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सवोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजक नेपाल एपिएफ क्लवले जनाएको छ । गतवर्ष उत्कृष्ट खेलाडीलाई स्कुटर प्रदान गरेको थियो ।

प्रतियोगितामा नेपाल एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस ,जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, न्यु डायमन्ड र ढोरपाटन गरि ६ टिमले सहभागिता जनाउने छन् । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका सबै खेलहरु हल्चोकमा हुनेछ ।

यस्तै सशस्त्र प्रहरी बलले पन्ध्रौं राष्ट्रब्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता र एघारौ सहवीर स्मृति लन टेनिस प्रतियोगिता पनि सोही मितिबौ सुरु हुने जानकारी गराएको छ ।

एघारौ सहवीर स्मृति खुल्ला टेनिस प्रतियोगितामा पुरुष एकल, महिला एकल मिश्रीत युगल, पुरुष युगल, भेट्रान्स लगात ७ विधामा प्रतिसप्रर्धा हुनेछ । पुरुष एकलको विजेताले ६० हजार, दोस्रोले ३० र तेस्रो हुनेले २० हजार प्राप्त गर्नेछन् । त्यस्तै महिला एकलको विजेता,उप विजेता र तेस्रो हुनेले क्रमशः ६०, ३० र २० हजार हजार पाउने छन् ।

अन्य विभिन्न विधाका विजेता, उप विजेता र तेस्रो स्थानमा हुनेले पनि पुरस्कार पाउने छन् । प्रतियोगिता सशस्त्र प्रहरी बल प्रधान कार्यलय परिसर स्थित नेपाल एपीएफ क्लवको टेनिस कोर्ट र काठमाडौं जिल्ला टेनिस संघ दशरथ रंगशालामा संचालन हुने छ ।

त्यस्तै पन्ध्रौं राष्ट्रब्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतिगोगितामा विभिन्न विघामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, मिक्स डबल्स, यू–१७ महिला पुरुष दुबै, भेट्रान्स युगल ४५ र ५५ बर्ष, मास्टर युगल ३५ वर्षमाथिको विधामा प्रतिसप्रर्धा हुने भएको छ । विभिन्न १० विधामा गरेर उपाधि कुल रकम ७ लाख १० हजार एपीएफले छुट्याएको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.