default_image

6 years ago

March 12, 2019

स्की टोली कोरिया जाने

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अठाइसौं एसियन अल्पाइन चिल्ड्रन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ ।

मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रन्जित तथा महिलामा लक्ष्मी राई र पलिसा वज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रवीण कर्माचार्यले टिम प्रशिक्षक र व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्ने छन् ।

टोलीलाई संघीय सांसद्, नेपाल स्की संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोमा मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

September 20, 2024

बार्सिलोना मोनाकोसँग पराजित

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो खेल हार बेहोरेको छ । पहिलो खेलमा नै पराजित हुने क्रममा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब मोनाकोसँग २-१ ले पराजित भएको हो । शुक्रवार बिहान सम्पन्न खेलमा घरेलु टोली मोनाकोलाई जित दिलाउन म्याग्नेस अक्लिउचे र जर्ज इलेनिखेनाले समान १ गोल गरे । बार्सिलोनाका लागि लमिन यमलले सान्त्वना गोल […]

September 18, 2024

ओपनर अर्जुन आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर अर्जुन साउद आउट भएका छन् । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको हो । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । कलिमुल्लाहको बलमा फैयज बटबाट साउद क्याच भएका […]

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌ नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]

Success

Thank you for your time.