6 years ago
March 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा हुने १६ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मार्च १२ देखि २० बैकंकमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले चुनौती प्रस्तुत गर्ने भएका हुन् ।
नेपाल राष्ट्रिय मुवाँथाई सघका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सहभागी हुने नेपाली चार सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको छ ।
गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटक नाम लेखाउन सफल दिनेश सुनारले बिदाई गरे । नेपाली टोली बुधबार बैकंकतर्पm प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमि प्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक समेत रहेका कक्षपतिले जानकारी दिए । टोलीको सहायक प्रशिक्षकमा उत्तम गुरुङ छन् ।
राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा तीन स्वर्ण जित्दा पलिस्थाले दुई स्वर्ण पदक प्राप्त गरिसकेकी छन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]