6 years ago
March 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश ५ मा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुदको उद्घाटन चैत २५ गते गर्ने गरि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तयारी थालेको छ ।
राष्ट्रिय खेलकुदको कार्यकारी समितिको बैठकले चैत २५ गते औपचारिक सुरु गर्ने र ३० गते समापन गर्ने गरि राखेपबोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ । कार्यकारी समितिको सिफारिसलाई अनुमोदन गर्न राखेप बोर्ड बैठक चैतको पहिलो साता बस्ने बताइएको छ ।
राखेप सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले चैत १९ गतेबाट केहि खेल सुरु गर्ने, २५ गते उद्घाटन र ३० गते समापन गर्ने गरि सिफारिस गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिएका छन् ।
आठौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन गर्ने नेपालगन्ज रंगशालाको भिआइपी प्यारापिटतर्फको सामान अझै आइनसकेकोले पनि राखेपले यसअघि उद्घाटनको मिति तय गर्न नसकेको बताइएको थियो ।
यसअघि माघमा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार निर्माण सम्पन्न नभएपछि सार्नुपरेको थियो । यद्दपी राखेपले त्यसको आधिकारिक जानकारी भने गराएन ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]