6 years ago
March 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको झिल्टुङ क्रस कन्ट्री रेस च्याम्पियनसिप चैत पहिलो साता नुवाकोटमा आयोजना हुने भएको छ ।
आयोजक बेलकोटगढी नगरपालिका वडा नम्वर ५ ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको च्याम्पियनसिप यही चैत २ गते गराउने जानकारी गराएको हो ।
लियो क्लब अफ नुवाकोट र श्री महादेव स्कुलको संयुक्त आयोजनामा हुन लागेको रेसको संयोजक पूर्व धावक तथा प्रतियोगिता संयोजक मोहन नेपालले जानकारी गराए ।
‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ हुन लागेको उक्त रेसमा १३.४ किलोमिटरको महिलार पुरुष दौड र ४.५ किलोमिटरको रन फर फन रेस हुनेछ ।
नुवाकोटस्थित कोल्पुटारबाट सुरु हुने रेस कोल्फुटार, बेलिनि, राजोदार, माझगाउँ, लामाचौर हुँदै कोल्पुरटारमा पुगेर सकिनेछ ।
मुख्य विधा १३.४ को महिला र पुरुष विजेताले समान २५ हजार, दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले १० हजार नगद पाउँनेछन् । यस्तै कोर्स रेकर्ड बनाउनेले थप ५–५ हजार प्राप्त गर्नेछन् ।
४.५ किलोमिटरको छात्र र छात्रा विजेताले समान ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैया हात पार्नेछन् ।
च्याम्पियनसिपको पहिलो संस्करणमा पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ च्याम्पियन भएका थिए । दोस्रो संस्करणमा पुरुषतर्फ भुमिराज राई र महिलामा कान्छीमाया कोजु कोजु च्याम्पियन बनेकी थिइन् ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]