6 years ago
March 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका अजितकुमार यादव र नेपाल प्रहरीकी राजपुरा पछाईं मदन भण्डारी स्मृति ५ किलोमिटर सडक दौडमा शनिबार पहिलो भएका छन् । खुलातर्फ पुरुषमा अजित र महिलामा राजपुराले स्वर्ण जितेका हुन् ।
अजितले निर्धा्रित दूरी तय गर्न १५ मिनेट ४९.१ सेकेन्ड समय खर्चे । दोश्रो तथा तेश्रो स्थानमा पनि एपीएफकै खेलाडी रहे । सन्तोषविक्रम विष्ट (१५ मिनेट ५९.८ सेकेन्ड) दोश्रो तथा खिमबहादुर खत्री (१६ मिनेट ३७.९ सेकेन्ड) तेश्रो भए ।
राजपुराले दौड पूरा गर्न १८ मिनेट १७ सेकेन्ड समय निकालिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ (१८ मिनेट २३.७ सेकेन्ड) ले रजत तथा एपीएफकी फुलमत रानाले (१९ मिनेट २१.१ सेकेन्ड) ले कांस्य जिते । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लबद्वारा संयुक्त आयोजित दौडको स्कुलतर्फ छात्रमा सिग्मा प्रवीणकुमार बोहरा पहिलो, जेसिजका सागर श्रेष्ठ दोश्रो र श्री गणेशका नवीनकुमार कार्की तेश्रो भए । उक्त स्पर्धाको छात्रामा प्राइम ग्लोबलकी जुनिल सुनुवारले स्वर्ण, जेसिजकी श्रयस्का सिल्पकारले रजत र पञ्चकन्याकी सोनु घतामीले कांस्य हात पारे । दुवै स्पर्धाका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तेश्रोलाई ५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो । दौड लैनचौरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक एकेडेमीका महासचिव वचन देउजा, प्रतियोगिता संयोजक सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सोही अवसरमा नेपाललाई पहिलो अन्तर्रा्ष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी र सागको म्याराथनमा लगातार तीन स्वर्ण जितेका पूर्व धावक वैकुण्ठ मानन्धरलाई नगदसहित सम्मान गरिएको थियो । सदस्य–सचिव विष्टले दुवैलाई समान १०–१० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरे ।
करातेका पर्शुराम बाँस्तोला, दीपक श्रेष्ठ र महेश रन्जित, डा. खगेन्द्रबहादुर श्रेष्ठ, फुटबलका मुकेश शाही र अन्जित बस्नेत, तेक्वान्दोका विधान लामा, भेट्रान धावक रामकृष्ण महर्जन तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ पनि सम्मानित भए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]