6 years ago
February 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले शनिबार आफ्नो स्थापना दिवसको २५औं वर्ष (रजत महोत्सव) मनाएको छ ।
जावलाखेलले चार टोलीसम्मिलित एक दिवसीय भेट्रान भलिबल प्रतियोगिता आयोजना गर्दै आफ्नो स्थापनाको रजत महोत्सव मनाएको हो । प्रतियोगितामा जावलाखेलको ‘ए’ र ‘बी’ टोली, भक्तपुर र काभ्रेगरी ७ टोलीले सहभागिता जनाएका थिए ।
विशुद्ध मनोरन्जनको लागि भएको एक दिने प्रतियोगितामा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको भेट्रान ‘बी’ टोली च्याम्पियन बन्यो । बेस्ट अफ थ्री को आधारमा भएको खेलमा जावलाखेलको ‘बी’ टोलीले भक्तपुर योङ सर्कललाई १५–८ र १५–६ ले सहजै हरायो ।
जावलाखेलबाट नेपाली राष्ट्रिय भलिबल टिमका पुर्वकप्तान भरत शाहले तथा भक्तपुरबाट पुर्व खेलाडी तथा हाल नेपाल पुलिस क्लबका प्रशिक्षक रुकेश विष्टले खेलेका थिए । प्रतियोगितामा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको भेट्रान ‘ए’ टोली र ज्वाला भोमी स्पोर्टस् क्लब काभ्रेले संयुक्त रुपमा तेस्रो थान हात पारे ।
रजत महोत्सवकै अवसरमा पुर्व अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महिलाको दुई टोलीले मैत्रीपुर्ण खेल खेलेका थिए । फुल्चोकी टिमको कप्तानी पुर्व अन्र्ताष्ट्रिय खेलाडी अन्जु श्रेष्ठले गरेकी थिइन् । चम्पादेवी टोलीको कप्तानी पुर्व अन्तर्राष्ट्रिय खेलाडी इन्दिरा निरौला उपाध्ययले गरेकी थिइन् । खेल फुल्चोकी टोलीले ३–० को सोझो सेटमा हात पारेको थियो ।
रजत महोत्सवमा पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको बाक्लो जमघट रहेको थियो । २५ वर्षको अवधिमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]