6 years ago
February 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं पिंकाथन हाफ म्याराथनमा ह्याट्रिक उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको तेस्रो संस्करणको उपाधि रक्षा गर्दै कान्छीले पिंकाथन हाफ म्याराथनको उपाधिमा ह्याट्रिक गरेको हो ।
यसअघिका दुई प्रतियोगितामा पनि कान्छीमायाले नै उपाधि जितेकी थिइन् । एपीएफकी धाविका कान्छीमायाले निर्धारित दूरी १ घण्टा २१ मिनेट ४४ सेकेन्डमा सकाइन् । यो स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन् । हाफ म्याराथनमा प्रथम हुनेले ५१ हजार नगद पुरस्कार जित्दा दोस्रो हुनेले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार नगद पुरस्कार हात पारे ।
यसैगरी १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ प्रथम हुँदा चन्द्रा राउत दोस्रो तथा सरस्वती कठायत तेस्रो भए । यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार नगद पुरस्कार हात पारे । ५ किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो भईन् ।
स्पर्धामा नेपाल प्रहरीकी राजपूरा पछाई दोस्रो भईन् । एपीएफकी पुष्पा भण्डारी तेस्रो भईन् । हाफ म्याराथनमा प्रथम हुनेले ५१ हजार नगद पुरस्कार जित्दा दोस्रो हुनेले ३१ हजार तथा तेस्रो हुनेले २१ हजार नगद पुरस्कार हात पारे ।
यसैगरी १० किलोमिटरतर्फ एपीएफकी सन्तोषी श्रेष्ठ प्रथम हुँदा चन्द्रा राउत दोस्रो तथा सरस्वती कठायत तेस्रो भए । यो स्पर्धाका विजेताले ३१ हजार, दोस्रो हुनेले २१ हजार तथा तेस्रो हुनेले ११ हजार नगद पुरस्कार हात पारे । ५ किलोमिटरतर्फ सामना कार्कीले प्रथम हुँदै ११ हजार नगद पुरस्कार जितिन् । यसैगरी फूलमती राना दोस्रो भईन् भने काजल विष्ट तेस्रो भईन् ।
३ किलोमिटर दौडमा सानुका थापा प्रथम हुँदा स्वस्तिका श्रेष्ठ दोस्रो तथा प्रतिमा कार्की तेस्रो भए । विजेता खेलाडीलाइ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित बलिउड सुपर मोडल मिलिन्द सोमन, नेपाल ओलम्पिक कमिटीका उपमहासचिव राजिव श्रेष्ठलगायतका अतिथीले पुरस्कृत गरे ।
महिला सशक्तीकरण र स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यले भारतीय सुपर मोडेल, फिटनेस गुरु तथा बलिउड अभिनेता मिलिन्द सोमनले पिंकाथन अभियान सुरु गरेका हुन् ।
भारतको सबैभन्दा ठूलो महिला दौड प्रतियोगिता पिंकाथन विगत तीन वर्षदेखि नेपालमा पनि भइरहेको छ । लेजर पोर्ट नेपालले यो ईभेन्ट विगत तीन वर्षदेखि गर्दै आएको छ । पिंकाथन काठमाडौंको तेस्रो संस्करणमा झण्डै २५ सय महिला सहभागी भएको आयोजक संस्था लेजर पोर्ट नेपालका प्रबन्ध निर्देशक नमराज जोशीले जानकारी दिए ।
बलिउड सुपर मोडल मिलिन्द सोमनले सुरु गरेको पिंकाथन पछिल्लो समय भारतका विभिन्न ८ शहर तथा नेपालको काठमाडौंमा आयोजना हुँदै आएको छ । आईरन म्यानको उपनामले चिनिने मिलिन्द सोमनको कल्याणकारी संस्था युनाईटेड सिस्टर्स फाउन्डेसनले महिलाका लागि हरेक वर्ष उत्सवकै रुपमा यो कार्यक्रम गर्दै आएको छ ।
यसपटक प्रहरी प्रधान कार्यालय नक्सालमा यो ईभेन्ट आयोजना गरिएको हो । नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा पिंकाथन काठमाडौं सम्पन्न भएको हो । भारतीय सुपर मोडल मिलिन्द सोमनसँगै नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]