default_image

6 years ago

February 22, 2019

वृहस्पति र जेभियरको विजयी शुरुवात

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक वृहस्पति विद्या सदन (बिभिएस) र जेभियर स्कुलले बिभिएस अन्तरकलेज बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

नक्सालस्थित आयोजककै कोर्टमा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फको खेलमा बृहस्पतिले क्याम्पियन कलेजमाथि ३१–३० को साँघुरो जित निकाल्दै विजयी शुरुवात गरेको हो । बृहस्पतिको साँघुरो जितमा सुचित कार्कीले १४ अंक जोडे । अर्काे खेलमा जेभियरले सिसिआरसीमाथि ४१–३७ को जित निकाल्यो ।


महिलातर्फको खेलमा साइपालले मोर्गान कलेजमाथि ३५–२५ को जित निकाल्दा
पुरुषतर्फ मोर्गानले साइपाललाई ६७–५० ले पराजित ग¥यो ।

महिलातर्फ जेभियरले गोल्डेनगेटमाथि ३८–२९ को जित निकाल्यो । अर्काे खेलमा टाइम्सले इनसाइड भिजनमाथि ५२–३८ को सहज जित निकाल्यो ।

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 22, 2025

हेटौंडा १५ लाई अनुपम घलान स्मृति फुटबल उपाधि

 हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

Success

Thank you for your time.