default_image

6 years ago

February 19, 2019

आर्मीका हरिलाई सफल पोखरा म्याराथनको उपाधि

105 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका हरि कुमार रिमालले सफल पोखरा म्याराथनको जित्न सफल भएको छ ।


सफल पोखरा म्याराथन विजेता टोली । तस्वीर सौजन्यः सुदर्शन रन्जित/पोखरा

आर्मीका हरिले एपीएफका खिम बहादुर खत्रीलाई १० सेकेण्डले पछि पार्दै उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालामा मंगलबार भएको म्याराथनमा हरिले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घण्टा ४० मिनेट १० सेकेण्डमा पार गरे । दोस्रो भएका एपीएफका खिम बहादुर खत्रीले २ घण्टा ४० मिनेट २० सेकेन्डमा दुरी पुरा गरे । नेपाल पुलिस क्लबका भुमिराज राईले २ घण्टा ४१ मिनेट १७ सेकेन्डमा दुरी पार गर्दा आर्मीका पूर्ण लामाले २ घन्टा ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै चौथो स्थान हात पारे ।

उपाधिसँगै हरिले १ लाख रूपैयह हात पारे । खीमबहादुरले ७० हजार, तेस्रो भुमिराज राइले ५० हजार तथा चौथो भएका पुर्णले १० हजार रूपैया हात पारे । म्याराथनमा ६० जना धावकले प्रतिस्पर्धा गरेका थिए ।

१० किलोमिटर पुरुषतर्फ आर्मीले वर्चस्व जमायो । विकास कार्की पहिलो, राजन रोकाया दोस्रो तथा शिवबहादुर रायमाझीले तेस्रो स्थान हात पारे । महिलातर्फ पुलिसकी राजपुरा पचहाई पहिलो, एपिएफकी विन्द्रा श्रेष्ठ दोश्रो र आर्मीकी सरिता वासीले तेस्रो स्थान हात पारिन् । महिला पुरुष दुवैतर्फको विजेताले समान १५ हजार रूपैया हात पारे । दोस्रो र तेस्रोले क्रमश १० र ५ हजार रूपैया पाए ।

५ किलोमिटर दौडको पुरुषतर्फ अजय तामाङ, विनोद गुरुङ र तुलबहादुर घर्तीमगरले क्रमशः पहिलो, दोस्रो र तेश्रो स्थान हात पारे । महिलातर्फ ललिता लामिछाने पहिलो र नानु हमालले दोस्रो स्थान हात पारिन् । उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजार रूपैया पाए ।

ह्विलचियरतर्फ सुरेश गौली, भरत अधिकारी र हेमबहादुर गुरुङ तथा महिलामा लक्ष्मी विश्वकर्मा, अञ्जु बसेल र पवित्रा विकले क्रमशः पहिलो, दोश्रो र तेश्रो स्थान हात पारे । उनीहरुले ५ हजार, ३ हजार र २ हजार रुपैया हात पारे ।

दृष्टिविहिन महिलातर्फ वि टु विधामा विनिता पुन र बी वानमा रितादेवी थापा तथा पुरुषतर्फ वि टुमा आदेश बस्याल र बी वानमा दुर्गादत्त पौडेल पहिलो भए । विजयी खेलाडीहरुलाई भुतपुर्व खेलाडी मञ्चका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुले पुरस्कृत गरेका थिए ।

म्याराथनमा करिव ५ हजार धावकले सहभागिता जनाएको आयोजकले जनाएको छ । भुतपुर्व खेलाडी मञ्च पोखराले प्रजातन्त्र दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.