default_image

6 years ago

February 16, 2019

रोड रेसमा गजेन्द्र र विश्वरुपा च्याम्पियन

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ ओपन रोड रेसमा विगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढा च्याम्पियन बनेका छन् । प्यारागन स्कुलले हरेक वर्ष आयोजना गर्ने ओपन रोड रेसको गजेन्द्र पुरुषतर्फ र विश्वरुपा महिलातर्फ च्याम्पियन बनेको हो ।

च्याम्पियन बन्ने क्रममा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा गरे । ओपन म्याराथनमा आर्मीले वर्चस्व जमाउदा हरि कुमार रिमाल दोस्रो तथा टिकाराज कटुवालले तेस्रो स्थान हात पारे । हरिले निर्धारित दुर।ी १५ मिनेट ३५ सेकेण्डमा पुरा गर्दा टिकाराजले १५ मिनेट ३५ दशमलब ५० सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारे ।

महिला खुल्लातर्फ आर्मीकी विश्वरुपा बुढाले निर्धारित ५ किलोमिटर दुरी १८ मिनेट १ दशमलव ६६ सेकेण्डम पुरा गर्दै च्याम्पियन बनिन् । दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २० दशमलव २९ सेकेण्डमा दुरी पुरा गरिन् । विभागी नेपाल पुलिस क्लबकी राजपुरा पचहाईले १८ मिनेट ३२ दशमलव २० सेकेण्डम दुरी पार गर्दै तेस्रो स्थान हात पारिन् ।
खुल्लातर्फको पुरुष र महिलातर्फको विजेताले समान २५ हजार रूपैया हात पारे । दोस्रो भएकाले १५ हजार रूपैया तथा तेस्रो भएकाले समान १०–१० हजार रूपैया पाए ।

ब्वाइज ओपनमा सन्तोषनाथ योगी पहिलो, नविन कार्की दोस्रो र आलोक थापाले तेस्रो स्थान हात पारे । गल्र्स ओपननमा विनिता स्याङतेनले पहिलो, विलाक्षी गौतमले दोस्रो र एलिना केसीले तेस्रो स्थानहात पारिन् । विजेताले १० हजार रूपैया, दोस्रोले ५ हजार तथा तेस्रो भएकाले २ हजार ५ सय रूपैया पाए । अल्मुनाईतर्फ पुरुषमा पेम्वा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन बने । उनीहरुले समान १०–१० हजार रूपैया पाए ।

इन हाउस अभिभावकतर्फको महिलालमा राष्ट्रिय कराते खेलाडी अनु अधिकारीले पहिलो स्थान हात पारिन् । सुनिता राई दोस्रो तथा करातेकी नै तार गुरुङले तेस्रो स्थान हात पारिन् । पुरुषतर्फ भेग बहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमश पहिलो, दोस्रो र तेस्रो भए ।

विजयी खेलाडीहरुलाई प्रदेश नम्वर ३ का सरकार प्रमुख अनुराधा कोइराला, पुर्व सभासद् गीता राणा, स्कुलका प्रिन्सिपल बीना बानु र स्कुलका प्रवन्ध निदर्शेक शाकिर उद्धिनले पुरस्कृत गरेको मन्डेकाजी श्रेष्ठले जानकारी गराए ।

सोही अवसरमा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालाई स्वर्ण दिलाएका महेश्रर महर्जनलाई २५ हजार रूपैयासहित विशेष सम्मान गरिएको मन्डे काजी श्रेष्ठले जानकारी गराए ।

करिव १ हजार जना धावकले प्रतिस्पर्धा गरेको म्याराथन प्यारागन स्कुल प्राङ्गण तिलगङ्गाबाट शुरु भए र गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, सिनामङ्गल, एयरपोर्ट हुँदै स्कुल प्राङगणमा आएर टुंगिएको थियो ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.