default_image

6 years ago

February 10, 2019

प्रधानसेनापति खुला म्याराथन फागुन तेस्रो साता, पुरस्कार राशिमा बृद्धि

105 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजनामा हुने ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगिताको चौथो संस्करण फागुन तेस्रो सातादेखि आयोजना हुने भएको छ ।

आयोजक सेनाले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको चौथो संस्करण फागुन १८ गते शिवरात्रीको दिन हुने सैनिक शारीरिक तथा खेलकुद केन्द्र लगानखेलका केन्द्रपति शशि किरण रायमाझीले जानकारी गराए ।

चौथो संस्करणमा म्याराथनमा ५ विधा समावेश गरिएको छ । म्याराथनमा खुल्ला पुरुषतर्फ रहेको छ । हाफ म्याराथनमा महिला र पुरुषमा ४५ वर्षमाथि र ४५ वर्षमुनि प्रतिस्पर्धा हुनेछ । १० किलोमिटर दौड विदेशी सैनिक सहचारी र नेपाली सैनिक अधिकृतहरुबीच महिला र पुरुषतर्फ हुनेछ । ५ किलोमिटर दौडमा सैनिक महाविद्यालयका छात्र÷छात्राबीच प्रतिस्पर्धा हुनेछ । अर्काे ५ किलोमिटर वाकाथन हुनेछ ।

यसपटकको म्याराथनमा सबै विधामा पुरस्कार राशिमा बृद्धि गरिएको छ । म्याराथनमा शीर्ष सात जना पुरस्कृत हुनेछन् । म्याराथनको विजेताले १ लाख २५ हजार रूपैयासहति १ स्थान पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६५ हजार रूपैया, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैटौले १० हजार र सातौले ५ हजार रूपैया हात पार्नेछन् ।

हाफ म्याराथनको महिला र पुरुषतर्फको ४५ वर्षमुनिका बिजेताले समान ५० हजार, दोस्रो हुनेले ३५ हजार र तेस्रो हुनेले २५ हजार रूपैया हात पार्नेछन् । यस्तै ४५ वर्षमाथिको महिला र पुरुषको विजेताले समान ४० हजार, २५ हजार र १५ हजार रूपैया हात पार्ने सेनाले जनाएको छ ।

१० किलोमिटर विदेशी पुरुषतर्फ र महिलातर्फको विजेताले समान ८ हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ५ हजार रूपैया हात पार्नेछन् । १० किलोमिटर सैनिक क्याडेटतर्फको पुरुष र महिलातर्फको विजेताले ४ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रूपैया हात पार्नेछन् ।
५ किमि छात्र/छात्रातर्फको विजेताले समान १० हजार रूपैया, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार रूपैया हात पार्नेछन् ।

म्याराथनको पहिलो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई च्याम्पियन बनेका थिए । दोस्रो संस्करणमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की र तेस्रो संस्करणमा आर्मीकै कृष्णा बस्नेत च्याम्पियन बनेका थिए ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.