6 years ago
February 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – भारतको भुवनेश्वरमा आज सुरु भएको हिरो गोल्डकप महिला फुटबल च्याम्पियनसिपमा म्यानमारविरुद्ध को खेलमा नेपाल १–० ले पछि परेको छ।
फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको नेपालले यो प्रतियोगितालाई अर्को महिना स्वदेशमा आयोजना हुने साफ च्याम्प्यिनसिपको तयारीमा लिएको छ । नेपालको महिला टोलीको फिफा वरियता १ सय आठौं स्थानमा छ । म्यानमार भने फिफा वरियतामा ४४ औं स्थानमा छ ।
म्यानमार बलियो टोली हुनाका बावजुद यसअघि ओलम्पिक छनोटमा भएको भेटमा भने नेपालसँग बराबरी खेलेको थियो । नेपालले अग्रता जोगाउन नसक्दा १– १ को बराबरीमा चित्त बुझाउनु परेको थियो ।
पहिलो पटक ओलम्पिक छनोट भाग लिएको नेपालले अघिल्लो चरण पुग्न सफल भएको थियो । त्यसयता नियमित प्रशिक्षणमा रहेका खेलाडीले प्रतियोगिताको लागि झापामा रहेर केहि समय प्रशिक्षण पनि गरे ।
नेपालसहित आयोजक भारत, म्यानमार र इरानले हिरो कपमा प्रतिस्पर्धा गरिरहेका छन् । आजै अर्को खेलमा भारत र इरानबीच प्रतिस्पर्धा हुनेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]