6 years ago
February 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका बिक्रम श्रेष्ठले कास्यपदक जितेका छन् ।
टर्कीको एन्टाल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले (पी–३२) पुम्सेको एकल स्पर्धामा कास्यपदक जित्न सफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए ।
मोरक्कोका विलाल एक खतावीलाई ६.५ अंकले हराउदै सेमिफाइलमा पुगेको बिक्रम सेमिफाइनलमा रसियाका एन्ड्रेइ ग्राबोस्कीलाई ७.२० अंकको आधारमा पराजित भएपछि कास्यमा सीमित भएको हो । बिक्रमसँगै इटालीका रिकार्डाे जिम्मरम्यानले पनि कास्य हात पारे ।
च्याम्पियनसिपमा ६९देशका ४२५ खेलाडीले सहभागिता जनाएका थिए । नेपालले पहिलोपटक पुम्से विधामा च्याम्पियनसिप खेलेको हो ।
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]