6 years ago
February 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिप खेल्ने भएको छ । नेपाल फुटसल संघले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली टोलीले अर्जेन्टिनामा आउदो मार्च ३१ बाट अगस्ट ७ सम्म हुने विश्व च्याम्पियनसिपमा सहभागिता जानउने जानकारी गराएको हो ।
१२औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाले एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट हुन सफल भएको संघका उपाध्यक्ष सन्तोष पराजुलीले जानकारी गराए । च्याम्पियनसिपमा नेपालसहित विश्वका १६ राष्ट्रले सहभागिता जनाउदैछन् ।
विश्वका महारथी खेलाडीहरुसँग खेल्न पाउनु नेपाली खेलाडीको लागि म्याच एक्सपोजर हुने संघका उपाध्यक्ष सन्तोषले बताए । च्याम्पियनसिपमा नेपालसहित अर्जेन्टिना, अष्ट्रेलिया, क्यानडा, क्षटालोनिया, फ्रान्स, इटाली, पाराग्वे, रसिया, दक्षिण अफ्रिका, उरुग्वे, पाकिस्तान र कोलम्वियाले प्रतिस्पर्धा गर्नेछन् । तीन टोलीको भने टुंगो लाग्न बाँकी छ ।
यही प्रतियोगिताको लागि टिम छनोटका लागि आगमी शुक्रबार राष्ट्रिय खेलकुद परिषदस्थित राखेपको कभर्डहलमा खुला छनोट प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ । १२ सदस्यी टोली यसअघि नै रहेपनि पुन खुल्ला छनोट गरिन लागेको संघले जनाएको छ ।
नेपाल फुटसल संघ २०१६ मा स्थापना भएको हो । स्थापना पश्चात नै नेपालले श्रीलंकामा भएको तेस्रो साफ फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउदै दोस्रो स्थान हात पारेको थियो । त्यस्तै नेपालले २०१८ मा पाकिस्तानमा ब्राजिल, टर्की, पाकिस्तान र नेपाल सम्मिलित प्रतियोगितामा तेस्रो स्थान हात पारेको थियो । यही प्रतियोगिताबाट नेपालले एसोसिएसन मुन्डियल डि फुटसल (एएमएफ) को पूर्ण सदस्यता प्राप्त गर्न सफल भएको थियो । एएमएफ विश्वका फुटसल हेर्ने संस्था हो
गत डिसेम्वरमा पाकिस्तानमै त्रिकोणीय सिरिज खेलेको थियो । जसमा नेपालले दोस्रो स्थान हात पारेको थियो । संघले निकट भविष्यमै राष्ट्रिय च्याम्पियनसिप र राष्ट्रिय लिग गर्ने समेत घोषणा गरेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।