6 years ago
February 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बृहस्पति विद्या सदनले क्यान्सर दिवसको अवसरमा शनिबार रोड रेस र वाकाथन आयोजना गरेको छ ।
पाँच किलोमिटर दूरीको रेसमा कक्षा ५ देखि १२ कक्षासम्मका विद्यार्थीबीच आन्तरिक प्रतिस्पर्धा भएको थियो । खुला वाकाथनमा करिब ५ सयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
कक्षा ५ को ब्वाइजमा सुनिल ओली र गल्र्समा जेनी, कक्षा ६ को ब्वाइजमा अजुर प्रसाईं र गल्र्समा लुनिभा तुलाधर, कक्षा ७ को ब्वाइजमा अमुल्य प्रसाईं र गल्र्समा साम्राज्ञी पोखरेल, कक्षा ८ को ब्वाइजमा लुवज धुन्जु र गल्र्समा संज्ञा थापा तथा कक्षा ९ को ब्वाइजमा अंकुश अधिकारी र गल्र्समा अलिना श्रेष्ठ पहिलो भए ।
January 15, 2025
सुमन अधिकारी,बुटवल बुटवलमा भएको दसौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको ब्वाइज र गर्ल्स दुवैको टिम इभेन्टको उपाधि कीर्तिपुरको आर्दश विद्या मन्दिर (एभिमएम) जितेको छ। ब्वाइजमा जयाश्नु मर्हजन, प्रजिल भट्टराई र स्वर्णीम शाक्य तथा गर्ल्समा श्रेया शाक्य र अर्सना महर्जनको जोडी च्याम्पियन भएको हो । ब्वाइजमा वासरा सेकेन्डरी स्कुलका रिजन शाक्य र बच्चन विष्टको जोडी दोस्रो […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बिबिसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । जावलाखेल मैदानमा मंगलवार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० ले हराउँदै बिबिसीले उपाधि जितेको हो। दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बिबिसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे । उपाधिसंगै बिबिसीले […]
January 14, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी र प्रतिभा माली एभरेस्ट ग्लोबल एजुकेसन एण्ड भिजा सर्भिसेसको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । एभरेस्ट ग्लोबलले सरस्वती र प्रतिभालाई दुई वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको एभरेस्ट ग्लोबल सिड्नी अस्ट्रेलियाका निर्देशक तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सुमन बानियाले जानकारी गराए । सम्झौता अवधि […]