6 years ago
February 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी आयशा शाक्य शनिबार सम्मानित भएकी छन् ।घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२औं वार्षिक खेलकुद दिवसको अवसरमा आयशालाई नगदसहित सम्मान गरेको हो ।
हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयशालाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरेका हुन् ।
आयशा ११औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण तथा १०औं र १२औं सागकी रजत विजेता हुन् । आयशाले दोहा एसियाडमा पनि कांस्य जितेकी थिइन् ।
January 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र संकटा क्लबबिच नेपाली कांग्रेस सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेल हुने भएको छ। नेपाली कांग्रेस, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति २०८१ को आयोजना हुने नेपाली कांग्रेस सभापति कपको आइतवार खेल तालिका सार्वजनिक गरेको छ उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १० […]
January 19, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता आयोजना हुने दोस्रो संस्करणको अजी फाइनान्स गाेर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ मा १९ टोलीको सहभागिता रहने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा अर्काे साता (२६ जनवरी) मा हुने दोस्रो संस्करणको प्रतियोगितामा खुल्लातर्फ १४ र भेट्रान्स (३५ वर्षमाथि) ५ गरी १९ टोलीको सहभागिता […]
January 18, 2025
सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबका चन्द्र कुवँर र सफल विकको जोडीआठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ। एपिएफका बलिराम चौधरी र रमेश विकको जोडीलाई शनिवार २-१ सेटमा हराउँदै पुलिसको जोडीले उपाधि जितेको हो । सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको सुकुटेस्थित भोटेकोशी बिच रिसोर्ट चन्द्र र सफलको जोडी १८-२१,२१-१४, १५-८ ले विजयी भएको हो […]