default_image

6 years ago

February 1, 2019

पोखरामा अन्तर्राष्ट्रिय टेनिस महाकुम्भ भोलिदेखि, २७ राष्ट्रका २ सय बढि खेलाडी पोखरामा

120 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा शनिबारदेखि यु–१८ आइटीएफ टेनिस प्रतियोगिता शुरु हुदैछ ।

प्रतियोगितामा सहभागिता जनाउन भाग लिन हालसम्म पोखरामा जापान, चीन, भारत, अष्टे«लिया, ताइवान, श्रीलंका लगायतका राष्ट्रहरुबाट झण्डै सयको हाराहारीमा खेलाडीहरु पोखरा आइपुगेका छन् ।

प्रतियोगिताको मुख्य ३२ ‘ड्र’ को खेल सोमबारदेखि शुरु हुँदैछ । त्यसका लागि २७ राष्ट्रका २ सय बढि खेलाडीहरु पोखरा आउने निश्चित भइसकेको प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए ।

पोखरामा उपलब्ध टेनिस कोर्ट अनुसार ३२ को ड्र मा मात्र खेल खेलाउन सकिने भएकाले प्रतियोगितामा भाग लिन चाहे बमोजिमका खेलाडीहरुलाई बोलाउन नसकिएको पनि भुजेलले बताए । ‘हामीसंग थप कोर्ट हुन्थ्यो भने ३ सय बढि खेलाडी पोखरा आउथे’–उनले भने ।

मुख्य ड्र भन्दा खेलाडी संख्या बढि भएकाले माघको १९ र २० गते पूर्व छनौंट खेल खेलाउन लागिएको संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी दिए । सिंगल र डबल्स गरि दुई इभेण्टमा हुने प्रतियोगितामा विजयी खेलाडीले आइटीएफको २ सय ५० अंक प्राप्त गर्नेछन् ।

पोखरामा आयोजना भएका प्रतियोगिताहरु मध्ये यो अहिले सम्मकै उच्चस्तरको प्रतियोगिता भएकाले यसलाई सफल पार्न पोखरेलीको सहयोग चाहिने संघ कास्कीका अध्यक्ष दोर्जे लामाले बताएका छन् ।

यस्ता प्रतियोगिता पोखरामा खेल पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने संघका उपाध्यक्ष नारायण पहारीको भनाई छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै १४ लाख ४० हजार खर्च लाग्ने संघ कास्कीको अनुमान रहेको छ ।

March 24, 2025

दिल्लीको रोमाञ्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

Success

Thank you for your time.