6 years ago
January 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अपराजित रहेको डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपीएफ क्लबले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको दोस्रो राउन्डमा बुधबार दोहोरो जित निकालेको छ ।
एपीएफले चितवन टाइगर्स र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै दोहोरो जित निकालेको हो । दोहोरो जितसँगै एपीएफले उपाधि यात्रा थप बलियो बनाएको छ । अपराजित नै रहेको एपीएफको १० खेलबाट ३० अंक पुगेको छ । एपीएफलाई अर्काे विभगीय टोली नेपाल पुलिस क्लबले २७ अंकसहित पछ्याइरहेको छ ।
नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको खेलमा एपीएफले पहिलो खेलमा चितवन टाइगर्सलाई २५–७, २५–१३ र २५–१८ को सहज जित निकाल्दा श्रीगाँउमाथि २५–६, २५–११ र २५–१९ को सहज जित निकाल्यो । बुधबारै भएको अर्काे खेलमा दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई २५–१८, २५–१७ र २५–१७ ले पराजित ग¥यो । आर्मीले चितवन टाइगर्समाथि २५–११, २५–१५ र २५–११ को जित निकाल्दा पश्चिमाञ्चलले पनि चितवन टाइगर्सलाई २५–१३, २५–१६ र २५–१७ ले पराजित गर्दै दोस्रो राउन्डमा अपराजित रहन सफल भयो ।
दोस्रो राउन्ड चलिरहँदा आर्मी २४ अंकसहित तेस्रो स्थानमा रहँदा पश्चिमाञ्चल १९ अंक जोडेर चौथो स्थानमा रहेको छ । ११ अंकसहित सेव पाँचौ, १० अंकसहित श्रीगाँउ छैटौ र ८ अंक जोडेर चितवन सातौ स्थानमा रहेको छ । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछन् । प्रतियोगिता ५ माघबाट २० माघसम्म चल्नेछ ।
लिग अन्तरगत बिहीबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा सेव र चितवन, दोस्रो खेलमा पुलिस र पश्चमाञ्चल, तेस्रो खेलमा दाङ र चितवन टाइगर्स तथा चौथो खेलमा एपीएफ र सेवबीच खेल हुनेछ ।
अंक तालिका
१. एपीएफ (३०) १० खेल
२. पुलिस (२७) १० खेल
३. आर्मी (२४) १० खेल
४. पश्चिमाञ्चल (१९) १० खेल
५. सेव (११) १० खेल
६.श्रीगाँउ (१०) १० खेल
७. चितवन टाइगर्स (८) १२ खेल
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।