6 years ago
January 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर वान नविता श्रेष्ठ र स्यान्टु श्रेष्ठ टेवल टेनिस खेलको सामग्री उत्पादन गर्ने भारतको चर्चित कम्पनी स्ट्याग इन्टरनेसनलको ब्रान्ड एम्वासडर बनेको छ ।
स्ट्यागले नेपालमा पहिलोपटक दुई खेलाडीलाई २ वर्षको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको हो । दुई वर्षे सम्झौतापत्रमा दुवै खेलाडीले हस्ताक्षर गरिसकेको नेपाल टेबल टेनिस संघले मंगलबार पत्रककार सम्मेलनको आयोजना गर्दै जनाकारी गरायो । सम्झौता प्रति खेलाडी वार्षिक २ देखि ३ लाख रुपैया हुन आउने संघले जनाएको छ ।
नेपाली टेबल टेनिस खेलको इतिहासमा कुनै बहुर्राष्ट्रिय कम्पनीले खेलाडीलाई आफ्नो सद्भावना दूत बनाएको यो पहिलो अवसर हो ।
अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्यले सद्भावना दूत बन्न सफल दुवै खेलाडीलाई बधाई दिँदै यसले अन्य खेलाडीलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले खेलाडीकै पहलमा यो कार्य सम्भव भएको र यो पैसा भन्दा पनि ड्रेस कोडको लागि रहेको थपे । यस्तै अध्यक्ष वैद्यले स्टयाग इन्टरनेसललाई टेबल टेनिसको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद दिए ।
यस्तै ब्रान्ड एम्वासडर बनेकी नेपाल नम्वर वान महिला खेलाडी नविता श्रेष्ठले स्ट्याग जस्तो कम्पनीको ब्रान्ड एम्वासडर बन्न पाउनु आफ्नो लागि खुशीको कुरा रहेको र यसले आगमी दिनमा राम्रो प्रदर्शन गर्न प्रेरणा मिलने बताइन् । उनले एसियन गेम्स दौरानको अभ्यासका क्रममा भारतमा रहँदानै ब्रान्ड एम्वासडरको लागि पहल भएको बताइन् ।
यस्तै पुरुष तर्फको नम्वर वान स्यान्टु श्रेष्ठले पहिलोपटक स्पोन्सर पाएकोमा खुशी व्यक्त गर्दै अब कुनै पनि प्रतियोगिता खेल्न जादा ड्रेस कोडमा समस्या नहुने बताए ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]