6 years ago
January 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबकी सरस्वती चौधरी र त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट एनभीए अवार्ड वर्ष २०७५ का उत्कृष्ट महिला तथा पुरुष खेलाडी घोषित भएका छन् । नेपाल भलिबल संघ (एनभीए) ले वर्षेनी प्रदान गर्दै आएको अवार्डसँगै दुवै खेलाडीले जनही २५-२५ हजार रुपैया प्राप्त गरे ।
उदयीमान खेलाडीतर्फ महिलामा आर्मीको निरुता ठगुन्ना र एपीएफका विनोदबहादुर चन्द उत्कृष्ट घोषित भए । उनीहरुले पनि समान २५-२५ हजार पाए ।
नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत बहादुर शाहलाई दुई दशक भलिबलमा अनवरत खेलेर योगदान दिएकोमा नगद रु २५ हजारसहित अभिनन्दन गरियो ।
पुर्व कप्तान भरत शाहले विगतभन्दा अहिले धेरै परिवर्तन आएको बताए । ‘ मलाई सम्मानित गरेकोमा संघलाई धन्यवाद प्रकट गर्न चाहन्छु । विगत र अहिलेको अवस्था बेग्लै छ । भौतिक पूर्वाधारको कमीले विकासक्रम रोकिएको छ । त्यसमा सम्बन्धित सबै पक्षले ध्यान पुर्याउनु जरुरि छ,’ उनले भने । शाहले २०४५ देखि २०६६ सम्म खेलेका थिए ।
यस्तै नेपाली महिला भलिबल टोलीकी पहिलो कप्तान अन्जु श्रेष्ठलाई पनि अभिनन्दन गरियो । अन्जु आठौ र १० औ सागमा राष्ट्रका लागि दुई कास्य जिताउन सफल कप्तान हुन् । अन्जुले यस्तो खालको सम्मानले भविष्यका पिढीलाई खेलकुदमा लागन प्रोत्साहन मिल्ने बताइन् ।
उत्कृष्ट प्रशिक्षकमा महिलातर्फ एपीएफका ज्ञानेन्द्र विष्ट तथा पुरुष तर्फ आर्मीका कपिलकिशाेर श्रेष्ठ सम्मानित भए । उनीहरुले पनि समान २५-२५ हजार पाए ।
उत्कृष्ट टोली बन्दै महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मी सम्मानित भए । उत्कृष्ट टोली बनेको आर्मी र एपीएफले १-१ लाख रुपैया पाए । कान्तिपुर टेलिभिजनका प्रदिप कुमार लेखी पनि सञ्चारकर्मी पुरस्कारस्वरुप २५ हजारले सम्मानित भए ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]