default_image

9 years ago

April 16, 2016

कोलकाता नाइट राइडर्सले हैदरावादलाई ८ विकेटले हरायो

100 views

0 Bookmark

कप्तान गौतम गम्भिरको अविजित अर्धशतकको मद्दतमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार सनराइजर्स हैदरबादलाई ८ विकेटले हराएको छ ।

gambhir

टस जितेर ब्याटिङ गरेको हैदरावादले इयान मोर्गानको अर्धशतकसँगै ७ विकेटको क्षेतिमा १ सय ४२ रन बनाएको थियो । हैदरावादलाई मध्यम स्कोरमा रोक्ने क्रममा कोलकाताका उमेश यादवले ३, मोर्ने मोर्केलले २ तथा रसेलले १ विकेट लिएका थिए । टोलीका लागि नमन ओझाले ३७ रन जोडेका थिए । ओपनर डेभिड वार्नर र रेड्डीले समान १३ रन बनाए । त्यसअघि मोर्गानले ४३ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए ।
१ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १० बलअघि २ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । म्यान अफ दि म्याच गम्भिरले ६० बलमा १३ चौका र १ छक्काको मद्दतमा ९० रन बनाएका थिए । उथप्पाले ३४ बलमा ३ चौका र १ छक्कासहित ३८ रन जाडेका थिए । आन्द्रे रुसेल २ रनमा आउट भए भने मनीष पाण्डेले अविजित ११ रन जोडे । हैदरावादका मुस्ताफिजुर रहमान र अशिष रेड्डीले १÷१ विकेट लिएका थिए । गम्भिर र रविन उथप्पाको ओपनिङ जोडीले पहिलो विकेटका लागि ९२ रनको साझेदारीगरेपछि मध्य लक्ष्य पछ्याएको कोलकाताका लागि जित सहज बनेको थियो ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.