9 years ago
April 16, 2016
काठमाडौं, बैशाख ४
नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधी जापानका काराईकाजे र नेपालका नुवाकोटे टाइगर प्राप्त गरेका छन् । शनिबार दशरथ रंगशालामा भएको प्रतियोगितामा ट्याग टिमका दुई जनाले बेल्ट आफ्नो पोल्टामा पारेका हुन् ।
नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा भएको प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । नुवाकोटे टाइगर र जापानका काराइकाजे रहेको टिमले पुरुष ट्याग टिमको फाइनल इभेन्टमा न्युजिल्यान्डका राल्डेन र अमेरिकाका बुफा जस्ता शक्तिशाली रेस्लरलाई पराजीत गर्दै प्रतियोगिताको बेल्ट आफ्नो नाममा बनाएको हो । विजेता नुवाकोटे टाइगरको टिमले अघिल्लो चरणको खेलमा ताइवानका डो नी र जापानको येजिलेको जोडीलाई आउट गरेर फाइनल भिडन्तका लागि प्रवेश गरेका थिए । बुफाको जोडीले नेपालका कोजु र चिनका चेन दोङ्गको जोडीलाई हराएको थियो ।
उपाधी जितेपछि नुवाकोटे टाइगरले नेपालमा पनि रेस्लिङ खेलका संभावना बोकेका व्यक्तिहरु रहेको बताए । नेपालमा यो खेलको संभावना छ, खेलाडीहरु पनि जन्मदै छन्, यसका लागि पूर्वाधार तयार गर्नुपर्ने बताए । त्यसैगरि थ्रि वे ट्याग टिम म्याचमा सिंगापुरका युरासियन ड्रागन, नेपालका सिक्सवान नाइन र बाबा युइको जोडीले मलेसियाका गुयान, नेपालका किंग कोब्रा र युभको जोडीलाई हरायो ।
त्यसैगरि थ्री वे कर्नर महिला टिमको म्याचमा मंगोलियाको योसिकाले जापानकी नानाइ ताकाहासी र म्याक्सिकोकी ताइयोलाई आकर्षक रुपमा लक प्रहार गरेर हराइन् । प्रतियोगितामा जापानका रेफ्री नाकामुरा, नेपालकी रेफ्री तथा रिङ्ग रेस्लिङ्ग संघकी अध्यक्ष सुनिता थापा र कुवेर केसीले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री ओलाीले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुनु सुखद भएको बताए । नेपालमा विभिन्न खेलको विकास आवश्यक रहेकाले यसको प्रबद्र्धन र विकासमा सबै लाग्नुपर्छ, उनले भने । उनले नेपालका खेलकुदको विकास र विस्तारका लागि सहकार संवेदनसिल रहेको बताए । ‘देशको समृद्धिको मापना खेलकुदले गर्ने गर्दछ । खेल क्षेत्रलाई अगाडी बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ उनले भने। ओलीले एक म्याच रमाइलोपुर्वक अवलोकन गरेका थिए । उनले पहिलो राउन्डको खेलका विजेता अमेरिका बुफा र न्युजिल्यान्डलाई राल्डेनलाई मेडलसमेत प्रधान गरे ।
उद्घाटन सत्रमा ओलीले रेस्लिङको प्रवद्धनमा लागेको जापान जिरो प्लसका सिइओ तथा अन्तर्राष्ट्रिय रेफ्री नाकामुरालाई सम्मान समेत गरेका थिए । ओलीले विजेतालाई प्रदान गरिने बेल्ट पहिरिएर पदर्शन गर्दा सबैले उत्साहित भएका थिए । कार्यक्रममा सुचना तथा संचार मन्त्री शेरधनराई, सांसद विनोद श्रेष्ठ, राखेपका पुर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना, संघकी अध्यक्ष सुनिता थापा, महासचिव सुवर्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।
प्रतियोगितामा नेपालसहित १२ देशका खेलाडी सहभागि भएका थिए । प्रतियोगितामा हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दी ता नी, चीनका चेन जियाङ, न्युजिल्यान्डका जेम्स राइदीम, जापानका कामिकाजे, नानाइ टाकाहासी, सारि, बेलायतका सिन गुइनेस, सिंगापुरका दी युरासियन ड्रागन, मंगोलियाकी यूसी कोङ्ग, मेक्सिकोकी टाइयो, र मलेसियाका डिजास्टर किड सहभागी थिए ।
संघका अध्यक्ष सुनिता थापाले अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताइन् । पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेका थियौं, खेलाडीको सहभागिता दर्शकको साथले सफल भयो, यसलाई निरन्तरता दिने सोचमा हामी छौं, उनले भनिन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]