9 years ago
April 15, 2016
काठमाडौं -दुई बर्षअघि नेपालले बंगलादेशमा ट्वान्टी २० विश्वकप खेल्दा धेरैलाई लागेको थियो, नेपाली क्रिकेटले एउटा लय समातेको छ । अब टोली निकै अघि बढ्नेछ । तर, समर्थकको उत्साह विस्तारै निराशामा बदलिन धेरै समय लागेन । क्रिकेट विस्तारै कमजोर हुन थाल्यो । एक दिवसिय विश्वकप छनोट र ट्वान्टी २० विश्वकपमध्ये कुनै पनि ठूलो प्रतियोगिताको ढोका खोल्न नेपाली टोली असफल भयो । यहाँ सम्मकी नेपाली टोली विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपका चार खेलमा जितको खाता खोल्न पनि असफल रह्यो ।
गत बर्ष नेपालले उमेर समूहको यू १९ विश्वकपमा छनोट भएर केही आशा देखाएपनि सिनियर टोलीले अधिकांश समय निराश नै पार्यो । खेलमा हार वा जित स्वभाविक हुन्छ । अहिले हार्ने टोली कुनै दिन जित्ला भने आशा गर्ने ठाँउ पनि रहन्छ । तर, नेपालको हकमा क्रिकेट राजनीति यसरी झांगिदै जान थालेको छ की त्यहाँ नेपाली क्रिकेटलाई घाटा र हार बाहेक केही छैन । यति नेपाल क्रिकेटको आधिकारिक निकायका रुपमा रहेको नेपाल क्रिकेट संघ (क्यान) को अस्तित्व नै संकटमा परेको छ ।
क्यानको वैद्यानिक विवाद सर्वोच्च अदालतमा अहिले पनि विचाराधिन छ । मंसिर अन्तिममा भएको निर्वाचनलाई अस्वीकार गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले रमेश सिलवालको अध्यक्षतामा १५ सदस्य तदर्थ समिति गठन गरेपछि वैद्यानिकताको विषय अदालतमा पुगेको थियो । क्यानलाई यथास्थितिमा राख्न सर्वोच्चले आदेश दिएपछि क्यान सिइओ भावना घिमिरेलाई क्रिकेट सम्बन्धि सबै काम गर्ने अख्तियार राखेपले दिएपछि संस्थाको अस्तित्व थप संकटमा परेको छ ।
आन्तरिक विवादका ववाजुद नेपाल र नामिबियाबीचको विश्व क्रिकेट लिग च्याम्पियसिपको खेल अन्तर्राष्ट्यि क्रिकेट परिषद् (आइसिसी) ले नेपालमै आयोजना गर्न दिनुलाई भने धेरैले सिइओ घिमिरेको कार्य क्षमताका रुपमा हेरेका छन् । क्यान आन्तरिक विवादमा पर्नु, त्यहि बेला राखेपले घिमिरेलाई सम्पूर्ण रुपमा विश्वास गर्नुले आइसिसीले पनि उनलाई विश्वास गर्नुको विकल्प थिएन । आइसिसीसँग अर्को विकल्प भनेको नेपालको सट अर्को कुनै ठाँउमा खेल गर्न सक्थ्यो । तर, आइसिसीले नेपालको आन्तरिक विवादका वावजुद पनि क्रिकेट आयोजना गर्न सकिने संकेत यहि खेलमार्फत दिन खोजिरहेको छ ।
सामान्यता हेर्दा तमाम विवादका वावजुद नेपाललाई आयोजनाको मौका दिएर आइसिसीले ठूलो गुण लगाएजस्तो देखिन्छ । तर यसको असर दीर्घकालिन रुपमा पर्ने सम्भावना पनि त्यत्तिकै छ । विवादका वहानामा आइसिसीले नेपालको क्रिकेटमाथि हस्तक्षेप गर्ने मौका पाएको छ । आइसिसीले नेपालमा प्रतियोगिता आयोजना मात्र गरेको छैन, राखेपसँग सहकार्य गरेको देखाउँदै नेपाली राष्ट्यि क्रिकेट टोली छनोटमा समेत हस्तक्षेप गरेको छ । त्यति हुँदा पनि दुवै पक्षका क्यान पदाधिकारीसँग मौन बस्नुको विकल्प छैन । सिइओ घिमिरेले भने आफुलाई नेपाली क्रिकेटको एकमात्र आधिकारीक व्यक्तिका रुपमा उभ्याउने प्रयास गरिरहेकी छिन् । उनको अहमतामा आइसिसी र राखेप सारथी बनेका छन् ।
नेपाली क्रिकेटलाई माया गर्ने समर्थकमध्ये ठूलो हिस्सालाई क्यानको आन्तरिक विवादमा कुनै रुचि छैन । समर्थक जुनसुकै मुल्यमा नेपाली टोलीको खेल हेर्न र टोलीले खेल जितेको हेर्न आतुर छन् । यस्तो परिस्थितिका बीच नेपाली टोलीले कीर्तिपुरस्थित त्रिवि मैदानमा नामावियाविरुद्धको डब्लुसिएल च्याम्पिनयसिपका दुई खेल जित्दै नयाँ बर्षको सुरुआत जितबाट गर्ने अपेक्षा राखेको छ । गत बर्षको सबै खराब प्रदर्शनलाई बिर्सदै नेपाल नयाँ सुरुआत गर्ने मुडमा छ । घरेलु मैदान र समर्थकको साथमा कप्तान पारस खड्काले विजयको सुरुआत हुने अपेक्षा राखेका छन् । झन्डै तीन बर्षपछि त्रिवि मैदानमा उत्रदा नेपाली टोली नयाँ ढंगमा उत्रदै जितको सिलसिला सुरु गर्न चाहन्छ । तर नामिबिया पनि केही दिनअघि अन्तरमहादेशिय कपमा अफागानिस्तानसँगको हारलाई बिर्सन चाहन्छ । त्यसका लागि नेपालविरुद्ध शनिबार र सोबार हुने खेल जित्नु उनीहरुको प्राथमिकता हुनेछ ।
२०६९ चैतमा एसिसी ट्वान्टी–२० कप पछि नेपाल पहिलो पल्ट अन्र्तराष्ट्रिय प्रतियोगिता खेल्न त्रिवि मैदानमा उत्रनेछ । यसअघि स्कटल्यान्ड र पपुवा न्युगिनी (पिनजी)सँगको खेल गुमाई सकेकाले प्रतियोगितामा पुनरागमन गर्न नेपालका लािग यो एउटा मौका हो ।
पछिल्लो तीन महिनामा कुनै पनि अन्तर्राष्ट्यि खेल नखेलेपनि टोलीको तयारी सन्तोषजनक भएको कप्तान पारसले बताएका छन् । ८ टोली रहेको डब्लुसिएल च्याम्प्यिनसिपमा नामिबिया २ अंकका साथ नेपालभन्दा एक स्थान माथि छ भने नेपाल पुछारमा छ ।
डब्लुसिएल च्याम्पियनसिपमा डिभिजन २ का शिर्ष ४ टोली र यस अघि विश्वकप क्रिकेट छनोटको शिर्ष चारमा नपरेका ४ टोली अहिले खेलिरहेका छन् । होम एन्ड अवेका आधारमा ८ टोलीको प्रतिस्पर्धापछि शिर्ष चारमा पर्ने टोलीले २०१९ मा हुने बंगलादेशमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । लामो समयदेखि एक दिवसिय क्रिकेटको विश्वकप खेल्ने सपना देखेको नेपालका लागि नामबियाको खेलको नतिजा ट्निड् प्वाइन्ट बन्न सक्छ । यसअघि नामिबियाविरुद्धको दुई मध्ये एक हार र एक जित बेहोरेकोले नेपाल जित्नै नसक्ने अवस्थामा भने छैन । नामिबियासँगको दुई खेल जित्न सकेमा भने नेपालले विश्व क्रिकेट लिग च्याम्प्पियसिपमा पुनरागमनको संकेत दिन सफल हुनेछ । त्यसैले अबको तीन दिन नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहनेछन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]