9 years ago
April 14, 2016
राजकोट (भारत) वैशाख ३ गुजरात लायन्सले इन्डियन प्रिमियर लिगमा लगातार दोस्रा ति हासिल गरेको छ । गुजरातले बिहीबार राती राइजिड् पुने सुपरजाइन्टलाई ७ विकेटले हराउँदै अंक तालिकाको शीर्षस्थामा उक्लेको हो ।
१ सय ६४ रनको लक्ष्य पछ्याएको गुजराजका लागि ओपनरद्धय आरोन फिन्च र ब्रान्ड म्याकलमले पहिलो विकेटका लागि ८.३ ओभरमा ८५ रनको साझेदारी गर्दै जितको बलियो आधार तयार पारेका थिए । गुजरातले १८ ओभरमा ३ विकेट गुमाएर आवश्यक १ सय ६४ रन जोडेको थियो ।
फिन्चले अर्धशतक पुरा गरे भने म्याकलम अर्धशतक बनाउनबाट १ रनले चुके । ३६ बल खेलेका म्यान अफ दी म्याच फिन्चले ७ चौका र २ छक्का प्रहार गरे । म्याकलमले ३१ बलमा समान ३ चौका र छक्का प्रहार गरे । कप्तान सुरेश रैनाले २४ बलमा त्यत्तिनै रन बनाए । ड्वान ब्राभोले १० बलमा अविजित २२ र रविन्द्र जडेजाले अविजित ४ रन जोडे । पुनेका मुरुगान आश्विनले २ तथा इशान्त शर्माले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिड् गरेको पुनले फाफ डु प्लिसिसको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । ओपनर डु प्लिसिसले ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर अजिन्के रहानेले २१ रन बनाए भने केभिन पिर्टसनले ३७ रन बटुले । कप्तान महेन्द्र सिंह धोनी १० बलमा २ चौका र १ छक्का साथ २२ रनमा अविजित रहे । गुजराजका प्रविण ताम्बे र रविन्द्र जडेजाले समान २ विकेट र बाभ्रोले १ विकेट लिए ।
गुजराजको ४ अंक पुगेको छ भने पुने , रोयल च्यालेन्जर्स बैंगलोर, गुजरात लायन्स, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्सको समान २ अंक छ । किड्स ११ पन्जाब, दिल्ली डेरडेभिल्स र सनराइजर्स हैदराबादले खाता खोल्न बाँकी छ । आइपिएलमा शुक्रबार दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]