6 years ago
January 14, 2019
दिपक बोहोरा
पाँचथर– झापा ११ फुटबल क्लबले दसौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । झापाले ए डिभिजन टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको हो ।
पहिलो र दोस्रो हाफमा पुजन उपरकोटीले गोल गरेपछि झापाको जित निश्चित भएको थियो । १–१ को बराबरी रहेको खेलको ७ मिनेट बाँकी रहँदा पुजनले निर्णायक गोल गरेका थिए । फिदिम माविको मैदानमा भएको खेलमा पुजनकै गोलबाट झापाले २३ औं मिनेटमा अग्रता लिएको थियो ।
तर, ७१ औं मिनेटमा राजिव गुरुङले गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए । तर, अन्त्यमा फेरि पुजन नायक बने र झापा च्याम्पियन बन्न सफल भयो । विजेता झापाले उपाधिसहित ४ लाख र आर्मीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]