default_image

9 years ago

April 14, 2016

दशरथ रंगशालामा रेस्लिङ हुने

126 views

0 Bookmark

काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतिस्पर्धात्मक फुटबल हुन छाडेको बर्ष दिन नाघ्न लागि सक्यो । गत बर्ष वैशाख १२ गतेका लागि तय भएको क्षेत्रिय एसियाली छात्रा यू १४ फुटबलको फाइनल विनाशकारी भूकम्पकका कारण स्थगित गरिएको थियो ।

भूकम्पले पुर्नर्निमार्ण भइरहेको रंगशालामा पनि क्षेति पु¥याएको थियो । त्यसपछि रंगशालामा मैत्रीपूर्ण फुटबल बाहेक कुनै औपचारिक प्रतियोगिता भएको छैन । असोजमा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाको अन्तिम श्रद्धान्जलीका लागि उनको पार्थीव शरीर रंगशालामै राखिको थियो । अन्य केही कार्यक्रम पनि रंगशालाको मैदानमा हुने गर्छन् । यपटक भने नयाँ बर्षको अवसरमा भन्दै नेपाल रिंग रेस्लिङ संघले प्रथम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गर्ने जनाएको छ । रेस्लिङ शनिबार दिउसो हुनेछ ।

आयोजकले प्रधानमन्त्री केपी ओलीले प्रतियोगिताको उद्घाटन गर्ने जनाएका छन् । प्रतियोगिता हेर्न १ हजार, ५ सय र ३ सयको टिकट तर तोकिएको छ । प्रतियोगितामा जापान, मंगोलिया, म्याक्सिको, अमेरिका, न्युजिल्यान्ड, बेलायतका पुरुष र महिला रेसलर राजधानी आइसकेको बताइएको छ । संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि नेपालका रेस्लर नुवाकोटे टाइगर, कोजु, युग, बाबा बोइ, कोब्रालगायतले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा तीन खालका प्रतिस्पर्धा हुने बताइएको छ । ट्याग टिम (२ का विरुद्ध २ ले खेल्ने २, ३ का विरुद्ध ३ ले खेल्ने ) र एकल फाइनल फाइट हुने जनाइएको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.