6 years ago
January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक विशाल मिलन केन्द्र (बीएमके) र डिफेन्डिङ च्याम्पियन साइपाल तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा विजयी भएका छन् ।
चण्डोलस्थित घरेलु कोर्टमा आइतबार भएको खेलमा बीएमकेले अर्को आयोजक एनसीसीएसलाई ३८–३७ को झनो अन्तरले पराजित गर्दै जित हात पारेको हो । रोमाञ्चक खेलमा बीएमकेकी कृषा धनलेखाले १० अंक जोडिन् । सुरुका दुई क्वाटरमा पछि परेको स्थितिलाई उल्ट्याउदै बीएमकेले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो ।
बीएमके पहिलोमा ८–१२ तथा दोश्रोमा ७–१० ले पछि परेको थियो । बीएमकेले तेश्रोमा ११–९ तथा चौथोमा १२–६ को अग्रता बनाउदै पहिलो जित हात पा¥यो । दुई खेल खेलेको बीएमके यसअघि समृद्धि गोरिल्लाजसँग पराजित भएको थियो । साइपालले समृद्धिलाई ४३–३६ ले हराउदै विजयी सुरुआत ग¥यो । साइपालकी रोशनी श्रेष्ठले १८ स्कोर गरिन् ।
पहिलो क्वाटरमा साइपालले ९–२ को अग्रता लियो भने दोश्रो १५–१५ को बराबरीमा सकियो । तेश्रो क्वाटरमा समृद्धि १०–१३ ले अगाडि रह्यो । चौथो क्वाटरमा साइपालले ९–६ को प्रदर्शन ग¥यो । दुई खेलमा समृद्धिको पहिलो हार हो ।
शनिबार समृद्धिले आयोजक बीएमकेलाई हराएको थियो । साइपालको पहिलो खेल हो । प्रतियोगिताअन्तर्गत सोमबार साइपाल र बीएमके तथा काठमाडौं नर्थ पोल क्लब र समृद्धिबीच खेल हुनेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 22, 2025
हेटौंडा (हाम्रो खेलकुद)- हेटौंडा उपमहानगरपालिका वडा नं १५ ले अनुपम घलान स्मृति नगरस्तरीय यू १६ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा वडा नं १८ लाई सडनडेथमा पराजित गर्दै वडा नं १५ ले उपाधि जितेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडन डेथमा भएको हो । सेमिफाइनलमा १५ […]
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।