default_image

9 years ago

April 12, 2016

रञ्जनको ह्याट्रिकमा एपिएफको जित

122 views

0 Bookmark

काठमाडौं -रञ्जन विष्टको ह्याट्रिकसँगै एफिएफले मनकामना केबलकार पोखरा कपमा विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा मंगलबारको उद्घाटन खेलमा एपिएफले सिमराको नवजागृति युवा क्लबलाई ४० ले हराएको थियो । अब एपिएफले वैशाख ४ गते क्वार्टरफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
केही महत्वपूर्ण खेलाडी विना उत्रेको एपिएफका लागि रञ्जनले चौथो मिनेटमा पहिलो गोल गरेका थिए । १७ औं मिनेटमा अर्को गोल गरेका रञ्जनले ४८ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । एकपक्षिय खेलको ४३ औं मिनेटमा एफिएफका लागि नवीन लामाले गोल गरेका थिए । प्रतियोगितामा बुधबार रमपम झापा र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा कपको विजेताले पाउने रकममा यसपटक डेढलाख भन्दा बढी थपिने आयोजक संघले जानकारी दिएको छ । यसअघि ३ लाख ५५ हजारको प्रथम पुरस्कार थियो भने यसपटक ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । त्यस्तै दोस्रो हुने टोलीले २ लाखा ५५ हजार ५ सय ५५ पाउनेछ । यसअघि उपविजेताले २ लाख १ हजार पाउदै आएको थियो ।
पोखरा रंगशालामा वैशाख ११ गते सम्म चल्ने प्रतियोगितामा १ विदेशीसहित १२ टोलीको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा ए डिभिजन क्लब रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाड् मस्र्याड्दी, त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै पूर्वाञ्चल, पश्चिमाञ्चल, झापा, धरान, रुपन्देही, सिमरा र आयोजक कास्कीको पोखराले पनि प्रतियोगिता भाग लिएको छ । एकमात्र विदेशी टोलीका रुपमा भारतको नयाँ दिल्लीको युनाइटेड क्लबको सहभागिता रहेको छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.