9 years ago
April 12, 2016
काठमाडौं – नेपाली तेक्वान्दो खेलाडी चार अन्तर्राष्ट्यि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तयारीमा जुटेका छन् । फिलिपिन्सको मनिलामा आयोजना हुने रियो ओलम्पिकका लागि एसियन तेक्वान्दो छनोट, २२ औ एसियन तेक्वान्दो च्याम्पियनसीप, दोश्रो पारा एसियन तेक्वान्दो च्याम्पियनसीप र चौथौ एसियन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा भाग लिने खेलाडी संयुक्त रुपमा मंगलबार विदाई गरियो ।
१६ र १७ अप्रीलमा हुने ओलम्पिक छनोटमा नेपालको तर्फबाट महिला ५७ किलो तौल समुहमा निमा गुरुङ्ग, ५७ किलो भन्दा माथीको तौल समुहमा निसा रावल ५८ किलो तौल समुहमा रन्जन श्रेष्ठ तथा ५८ किलो भन्दा माथिको समुहमा बिर बहादुर महराको सहभागिता रहने छ । तेक्वान्दो संघका अध्यक्ष प्रकाश समसेर राणाको नेतृत्वमा रहने टोलीका कसिम मिया ब्यबस्थापकको रुपमा रहेका छन् । टोलीमा कोरायाली प्रशिक्षक जाय हो लीले जिम्मेवारी सम्हालेका छन् । लीले नेपाली टोलीमा क्षमता रहेको र सिकेको टेक्नीक रिङ्गमा उतार्न सके ओलम्पिक छनोटको सम्भावना रहेको बताए । टोली बुधबार त्यस तर्फ प्रश्थान गर्ने छ ।
१९ र २० अप्रिलमा हुने एसियन च्याम्पियनसीपमा ४६ किलो तौल समुहमा रेजिना कार्की, ४९ किलो तौल समुहमा यान कुमारी चौलागाइ, ५७ किलोमा ज्ञानी चुनारा, ६२ किलो तौल समुहमा आयशाा शाक्य र ८० किलो तौल समुहमा सक्षम कार्कीले सहभागता जनाउदै छन् । यस टोलीमा पनि कोरायाली प्रशिक्षक जाय हो लीले जिम्मेवारी सम्हालेका छन् । हेमन्त डागीँ ब्यबस्थाकको रुपमा रहेका छन् । १८ अप्रिलमा हुने एसियन पारा तेक्वान्दो च्याम्पियनसीपमा रन्जना धामी, सिता भण्डारी र रोहीत हाङ्ग राइको सहभागिता रहने छ । यादब कुबँरको प्रशिक्षणमा टोली रहेको छ । यसै दिन हुने पुम्सेमा पार्वती गुरुङ्गको सहभागिता रहने छ । ओलम्पिक छनोटको टोली बुधबार र बाँकी टोली वैशाख ३ गते त्यसतर्फ जानेछ ।
अन्तराष्ट्रिय खेलकुद परिसर सोतदोबाटोमा आयोजित विदाइ कार्यक्रममा प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले विदाइ गरे ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]