default_image

6 years ago

December 31, 2018

एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता बुधबारदेखि

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाको आयोजनामा प्रथम एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता यसैसाता आयोजना हुने भएको छ ।


आयोजक – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस १८ गतेबाट २० गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा काठमाडौं उपत्यका र उपत्यका बाहिरका गरेर १ हजार २ सय खेलाडीले सहभागिता जनाउने अध्यक्ष केशव थापाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा १०० स्वर्णपदक, १०० रजत पदक र २०० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर, जुनियर, क्यारेट र पुम्सेमा प्रतिस्पर्धा हुनेछ । सिनियरमा महिला र पुरुष तर्फ ८–८ स्वर्णका लागि जुनियरतर्फ महिला र पुरुषमा १५–१५ स्वर्णं, क्यारेट यु–१४मा १५–१५ स्वर्ण र पुम्सेमा ६–६ स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका सदस्यसमेत रहेका नोर्भु लामाले जानकारी गराए ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया पाउनेछछन् । दोस्रो हुनेले ५० हजार रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको महिला तथा पुरुष उत्कृष्ट खेलाडीले समान १०–१० हजार पाउनेछ । यस्तै प्रतियोगितामा सहभागिता जनाएका खेलाडीको १ वर्षको स्वास्थ्य बीमा गरिएको आयोजकले जनाएको छ ।

एभरेस्ट वल्ड क्लासले यसअघि सन् २०२० मा आमन्त्रण तेक्वान्दो तथा अर्काे संस्करण नेपालमा हुने जानकारी गराएको छ ।
प्रतियोगितामा लाग्ने खर्च मुख्य कार्यालयबाट र प्रायोजकबाट पुर्ति गरिने आयोजकले जनाएको छ ।

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.