6 years ago
December 29, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ खेलहरु हुदैछ । प्रिमियर लिगको ६ खेलमध्ये सबैभन्दा प्रतिक्षित रोमान्चित खेल लिभरपुल र आर्सनलबीच हुनेछ । खेल नेपाली समयअनुसार राति ११ः१५ बजेपछि लिभरपुलको मैदानमा हुनेछ ।
शीर्षस्थानमा रहेको लिभरपुल आर्सनललाई पराजित गर्दै आफ्नो अग्रता अझै बढाउने लक्ष्यमा हुनेछ । लिभरपुलले दोस्रो स्थानमा रहेको टोटेनहमलाई ६ अंकले पछि पारेको छ ।
यस्तोमा लिभरपुल आफ्नो अग्रता थप मजवुत बनाउने योजनामा नै रहनेछ । अघिल्लो खेलमा न्यु क्यासलमाथि प्रभावशाली जित निकालेर हौसिएको लिभरपुल सोही प्रदर्शनलाई निरन्तरता दिने योजनामा रहेको छ ।
लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो र जरदान शाकिरी जस्ता खेलाडीहरुको साथ रहेको छ । उनीहरुले जुनसुकै बेलापनि नतिजा आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछन् ।
यता, पाँचौ स्थानमा रहेको आर्सनल लिभरपुललाई उसकै मैदानमा पराजित गर्दै कम्तीमा पनि एक दिनको लागि भएपनि चौथो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । तर, आर्सनललाई हेनरिक मिखटारियनको चोटले सताउनेछ । अघिल्लो खेलमा आर्सनल भने ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
प्रिमियर लिगको पहिलो चरणमा लिभरपुल र आर्सनलले १–१ गोलको बराबरी खेलेको थियो ।
१९ चरणका खेल सकिँदा लिभरपुल ५१ अंक जोड्दै शीर्ष स्थानमा छ भने आर्सनल ३८ अंक सहित पाँचौं स्थानमा छ ।
प्रिमियर लिगका आज रातिका अन्य खेलहरु :
ब्राइटन विरुद्ध एभर्टन (राति ८ः४५ बजे)
फुलहम विरुद्ध हडर्सफिल्ड (राति ८ः४५ बजे)
लेस्टर विरुद्ध कार्डिफ सिटी (राति ८ः४५ बजे)
टोटेनहम विरुद्ध वल्भ्स (राति ८ः४५ बजे)
वाटफोर्ड विरुद्ध न्युक्यासल (राति ८ः४५ बजे)
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]