default_image

6 years ago

December 27, 2018

चेल्सीमा हजार्डको १ सयौं गोल पूरा, ‘लाम्पार्ड र ड्रोग्बा जस्तै लेजेन्ड बन्ने सपना’

105 views

0 Bookmark

लन्डन (एजेन्सी) – बेल्जियन राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड इडेन हजार्डले लन्डन क्लब चेल्सीमा १ सय गोलको कोसेढुङ्गा पार गरेका छन् ।

प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा वाटफोर्डमाथि २ गोल गरेसँगै हजार्डले चेल्सीका लागि १ सय गोलको कोसेढुङ्गा पार गरेका हुन् । हजार्डले माटियो कोभाचिचको पासमा गोल गर्दै चेल्सीको जर्सीमा १ सय गोल पुरा गरे । पेनाल्टीमार्फत अर्काे एक गोल गर्दै उनले चेल्सीको जर्सीमा आफ्नो गोलसङ्ख्या १ सय १ बनाए ।

हाजार्ड यो सिजनमात्रै चेल्सीको १९ गोलमा संलग्न छन् । यो सिजन १० गोल गरेका हजार्डले ९ गोलको लागि सहायता दिएका छन् । चेल्सीमा सय गोलको आकडा पार गरेसँगै हजार्डले मैले चेल्सीमा १ सय १ गोल पुरा गरे यसको मतलब म विशेष छु, हामीले जितेको बताएका छन् ।

‘ठूलो क्लबमा सय गोलको आकडा म कहिल्यै पनि भुल्न सक्दिन । म बाट क्लब, मेरो सहकर्मी र मेरा समर्थकले अझै धेरै गोलको अपेक्षा गरेका छन् । म अझै धेरै गोल गर्न चहान्छु,’ हाजार्डले भनेका छन्, ‘म फ्रान्क लाम्पार्ड र ड्रिडियर ड्रोग्वा जस्तै लिजेन्ड बन्न चहान्छु । यसका लागि गोल गर्दै टिमलाई जिताउने मेरो हर प्रयास हुनेछ ।’

उनले प्रिमियर लिगमा ७९, च्याम्पियन्स लिगमा १० र अन्यमा १२ गोल गरेका छन् । जसमा ७१ गोल दायाँ खुट्टाले, २५ गोल बायाँ खुट्टाले र ५ गोल हेडर्माफत गरेका छन् । यस्तै हजार्डको सय गोलमा बक्सभित्रबाट ९१, बक्सबाहिरबाट ९, पेनाल्टीबाट २४ र फ्रिकिकबाट १ गोल गरेका छन् ।

हाजार्ड सन् २०१२–१३ को सिजनमा चेल्सीमा अनुबन्धित भएका थिए । उनले २५ अक्टोबरमा न्यु क्यासलविरुद्ध चेल्सीको जर्सीमा पहिलो गोल गरेका थिए ।

चेल्सीमा हजार्डको गोल :

२०१२–१३– ६२ खेल १३ गोल

२०१३–१४– ४९ खेल १७ गोल

२०१४–१५ – ५२ खेल १९ गोल

२०१५–१६ – ४३ खेल ६ गोल

२०१६–१७ – ४३ खेल १७ गोल

२०१७–१८ – ५१ खेल १७ गोल

२०१८–१९ – २० खेल ११ गोल (जारी छ ।)

March 4, 2025

खड्गी राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको‌ एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

Success

Thank you for your time.