default_image

9 years ago

April 8, 2016

नवयुग, राजु र विमलासहित २५ खेलाडी एकै थलोमा सम्मानित

126 views

0 Bookmark

काठमाडौं-विभिन्न २५ खेलका उत्कृष्ट खेलाडी शुक्रबार एकै थलोमा सम्मानित भएका छन् । राष्ट्यि तथा अन्तर्राष्ट्यि खेलाडी संघले शुक्रबार भक्तपुर दरबार स्क्वारमा बर्षका उत्कृष्ट खेलाडी कार्यक्रमको आयोजना गर्दै २५ खेलाडीलाई सम्मानसहित नगद प्रदान गरेको थियो ।

सम्मानित खेलाडी अतिथि र आयोजकका साथ ।

सम्मानित खेलाडी अतिथि र आयोजकका साथ ।

वैशाख १२ र २९ को विनाशकारी भूकम्पले प्रभावित जिल्ला मध्येको एक भक्तपुरलाई आयोजना स्थलका रुपमा छनोट गरेको संघलाई कार्यक्रम गर्न भक्तपुर उपमहानगरपालिकाले साथ दिएको थियो ।
नेपाललाई बंगबन्धु गोल्डकप र १२ औं दक्षिण एसियाली खेलकुद(साग) मा स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक नवयुग श्रेष्ठ र अघिल्लो दिनमात्र राष्ट्यि टोलीमा छनोटमा परेका क्रिकेट खेलाडी राजु रिजालसहित अन्य खेलाडी सम्मानित भएका थिए । तर, नवयुग र राजु कार्यक्रममा उपस्थित थिएनन् । २०७१ सालको प्रदर्शनका आधारमा सम्बन्धित खेल संघको सिफारिसमा संघले उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । झन्डै डेढ बर्षअघि कोरियाको इन्चोनमा सम्पन्न १७ एसिायली खेलकुदमा नेपाललाई एकमात्र कास्य पदक दिलाउन सफल विमला तामाड् पनि सम्मानित भएका थिए । नेपाललाई यसैसाता प्रथम साबा महिला बास्केबल च्याम्प्यिनसिपमा नेपाललाई रजत पद दिलाउने टोलीकी स्नेहा श्रेष्ठ पनि सम्मानित भइन् । खेलाडीले सम्मानपत्र सहित जनही १० हजार रुपैया प्राप्त गरेका छन् । सोही अवसरमा फुटबल प्रशिक्षक राजुकाजी शाक्य गजराज आदर्श खेलाडीबाट सम्मानित भए । गजराज फाउन्डेसनले आदर्श खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।
नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेन्डि शेर्पालगायत सम्बन्धित संघका पदाधिकारीले खेलाडीलाई सम्मान गरेका थिए ।
दीपक थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा कलाकार विल्सन विक्रम राई र अन्य कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । संघका अध्यक्ष दीपक विष्टले सहयोगी सबैलाई धन्यवाद दिए ।

खेलाडी खेल
जीतबहादुर मोक्तान, आर्चरी
गोपीचन्द्र पार्की, एथलेटिक्स
नड्सलदेवी तामाड्, ब्याडमिन्टन
पुरुन राई, बक्सिड्
स्नेहा श्रेष्ठ, बास्केटबल
राजु रिजाल, क्रिकेट
अजय पण्डित क्षेत्री, साइक्लिड्
नवयुग श्रेष्ठ, फुटबल
टंकबहादुर कार्की, गल्फ
ऋषिका श्रेष्ठ, जिम्न्याष्टिक
रमेश मगर, जुडो
विमला तामाड्, कराते
रामबहादुर शाही, फेन्सिड्
अनिल गुरुड, सेपाकताक्रो
स्नेहराज्य लक्ष्मी राणा, सुटिड्
शरीष गुरुड्, पौडी
प्रदीप खत्री, सफ्ट टेनिस
दीप साउन, टेबल टेनिस
संरक्षणभुषण बज्राचार्य, लन टेनिस
निबबहादुर मगर, र्याफटिड् एन्ड क्यानोइड्
निशा रावल, तेक्वान्दो
रुद्र कटुवाल ,ट्यायथोलन
तारादेवी पुन ,भारोत्तोलन
सरोज यादव ,कुस्ती
झरना गुरुड् ,उसु

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

February 28, 2025

तोरणले १२ वर्षपछि उपाधि जिते

काठमाडौं (हाम्रो खेलकुद)- प्रमुख दाबेदार निरज तामाङलाई एक स्ट्रोकले हराउँदै अनुभवी तोरण विक्रम शाही सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन्। घरेलु टुरमा तोरणले १२ वर्षपछि उपाधि जितेका हुन्। ५-अन्डर ६७ को स्कोरमा समग्रमा १८-अन्डर २७० सहित उनले निरजलाई रोमाञ्चक शैलीमा माथ दिए। यसअघि उनले सन् २०१३ मा यही च्याम्पियनसिप जितेका थिए। […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

Success

Thank you for your time.