default_image

6 years ago

December 21, 2018

कराते टोली भारत जाने

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको मुम्बईमा आयोजना हुने एशिया कप चौंथो अन्तरास्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।


कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै शुक्रबार बिदाई गरे ।

प्रतियोगिता डिसेम्बर २३ र २४ सम्म आयोजना हुने छ । ११ सदस्यीय नेपाली टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’ ले गरेका छन् ।

प्रतियोगितामा चिल्ड्रेन ९ देखि १० वर्ष उमेर समुहमा रेहन जावेद, ४५ केजी तौल समुहमा वाङचुक तामाङ, ५५ केजीमा रामविश्वास राउत कुर्मी, ७५ केजीमा सोनम बलामी तथा महिला तर्फ ५० केजीमा दिलासा श्रेष्ठ र ५५ केजी तौल समुहमा रश्मिता श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी निर्णायक शुरेन्द्र श्रेष्ठ, अफिसियल पुष्पराज गिरी, मोहम्मद जावेद मुशलमान र अस्मा बानु र व्यवस्थापक रामबहादुर गुरुङसहितको टोली प्रतियोगितामा सहभागी हुँदैछन् ।

September 18, 2024

ओपनर अर्जुन आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर अर्जुन साउद आउट भएका छन् । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको हो । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । कलिमुल्लाहको बलमा फैयज बटबाट साउद क्याच भएका […]

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌ नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]

September 13, 2024

अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट रद्द

एजेन्सी – अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट टस समेत हुन नसकि रद्द भएको छ । भारतको नोयडामा हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको टेस्ट खेल निरन्तरको वर्षाका कारण रद्द भएको हो । दुई टोलीबीचमा एकमात्र टेस्ट खेल रहेको थियो । टस बिना नै रद्द भएको टेस्ट क्रिकेटको इतिहासमा यो आठौं खेल हो । पछिल्लो पटक सन् १९९८ […]

Success

Thank you for your time.